सवारी दुर्घटनामा ६ जनाको मृत्यु, केहि घाइते

  मूलधार पोष्ट  370 पटक हेरिएको

सुनसरी, अर्घाखाँची,मोरङ, सर्लाही र काठमाडाैंमा भएको छुट्टाछुट‍ै भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । सुनसरी दुहवी नगरपालिका(४ मलहट्टीस्थित सडकमा को।१९ प २४४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार बुढीगंगा गाउँपालिका(३ बस्ने २५ वर्षीय उमेश थानदारको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक समेत २ जनाको जिवन ज्योती क्लिनिक दुहवीमा उपचार भइरहेको छ ।अर्घाखाँची छत्रदेब गाउँपालिका(८ मरेङस्थित सडकमा सन्धिखर्कबाट तम्घासतर्फ जाँदै गरेको लु।१ ज १७६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल खसेर बिहीबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार भूमिकास्थान गाउँपालिका(५ बस्ने ६५ वर्षीया खुशीदेवी रम्तेललाई उपचारको लागि पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै काठमाडौं शंखरापुर नगरपालिका(८ घुमारी चोकस्थित सडकमा बा।५ ख २१९७ नम्बरको निशान ट्रकबाट खसेर सोही ट्रकले किच्दा गम्भीर घाइते भएका ट्रकमा सवार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(२ घर भएका ५८ वर्षीय नरेन्द्रबहादुर तामाङको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै मोरङ धनपालथान गाउँपालिका(३ भलुवा खोलास्थित सडकमा को।२ त ४८६५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बिहीबार दिउसो पल्टिएर दुर्गटना हुँदा चालक भारत अरेरिया कुवाडी गाउँ बस्ने ४० वर्षीय अशोक सरदारको घट्नास्थलमै मृत्यु भएको छसर्लाही गोडैता नगरपालिका(५ रामवनस्थित सडकमा ज।१ च १४०७ नम्बरको एम्बुलेन्सले बिआर ०७ आर ०४५५ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोडैता नगरपालिका(‍६ बागदह बस्ने ४० वर्षीय श्याम ठाकुर हजामलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सर्लाही, लालबन्दी नगरपालिका(६ स्थित फुटबल ग्राउण्ड नजिकै ना।२४ प ५७६९ मोटरसाइकल अनियन्त्रित भई ठेलागाढामा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका(७ बस्ने ५२ वर्षीय कुशहरी मैनालीको गढीमाई अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको छ । ठेला चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार