यीनै हुन आफ्नै श्रीमतीलार्इ बर्बर हत्यागर्ने

  मूलधार पोष्ट  269 पटक हेरिएको

बर्दिया जिल्ला गु. न. पा. ५ कृष्णसार टोल बस्ने बर्ष २७ कि सुशमा कुवँर बोहोरालाई आफ्नै श्रीमानले हत्या गरेका छन् । श्रीमान बर्ष ३५ का मोहन बोहोराले दाउर चिरपट तथा कुर्सी हिर्काएर हत्या गरेको प्रहरीले बताएको छ । हत्या गरेर भागिरहेको अवस्था मा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलिले खैरापुर बाट समात्न सफल भएको पनी बताएको छ । हत्या पाैष २३ गते राती करिव १०:३० बजेको समयमा भएको प्रहरीले बताएको छ ।

त्यस्तै नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवरले राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्ने बताउनु भएको छ । शिक्षक महासंघ शिक्षकको पेशागत हकहित तथा शैक्षिक गुणस्तर बृद्धिका लागि निरन्तर लागिरहेको भन्दै राज्यले विभिन्न थरीका शिक्षकलाई समानता प्रदान गरी विभेदको अन्त्य गर्नुपर्ने र अनि मात्रै शैक्षिक गुणस्तरमा थप सुधार हुने बताउनु भएको हो । संचारकर्मीसंगको कुराकानीमा केन्द्रीय उपाध्यक्ष कुँवरले शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाई निरन्तर शिक्षक भर्ना, हाल विद्यमान १७ थरीका शिक्षकको समायोजन, बाल विकास केन्द्रका सहजकर्ता र विद्यालय कर्मचारीको उचित व्यवस्था, भौतिक पूर्वाधारको विकास, आधुनिक शिक्षण पद्धति लगायतका कार्यले गुणस्तर अझैँ बृद्धि हुने बताउनुभयो ।

अंग्रेजी बोल्न जान्नेलाई मात्रै गुणस्तर भन्ने भ्रम रहेको भन्दै उहाँले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी नै अहिले राज्यका हरेक निकायमा रहेको भन्दै राज्यले तय गरेका शिक्षाका उद्देश्य सामुदायिक विद्यालयमा अध्ययन गरेका व्यक्तिबाट कार्यान्वयन भएको समेत दाबी गर्नुभयो ।

शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष कुँवरले देश संघीयतामा गएको र केही स्थानीय तहले शिक्षकको आत्मसम्मानमा चोट पुग्ने गरी काम गरेको भन्दै यसप्रति आपत्ति जनाउनु भयो । जनप्रतिनिधि आफैले अनुगमनका नाममा शिक्षकको हाँजिरीमा रातो लगाउने, तलब कट्टा गर्ने, अनावश्यक तनाव दिने लगायतका कार्य ऐन विपरित भएको भन्दै उनीहरुले प्रक्रियाको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षकले अनियमितता गरेमा प्रधानाध्यापकले सचेत गराई कारबाही गर्नुपर्नेमा जनप्रतिनिधि आफैले त्यसो गर्नु अराजकता भएको उहाँको आरोप छ ।

शिक्षा देशको मेरुदण्ड भएको भन्दै शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय तहले समेत करिब २० प्रतिशत रकम शिक्षामा लगानी गर्नुपर्ने केन्द्रीय उपाध्यक्ष कुँवरको भनाई छ । शिक्षकले पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुपर्ने कुँवरले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार