चितवनमा पुगेर नेकपाका अध्यक्ष दाहालले यस्तो भनेपछि..

  मूलधार पोष्ट  209 पटक हेरिएको

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अबको १० वर्षसम्म देशको समृद्धिका निम्ति काम गर्ने चाहना भएको बताएका छन्। देशलाई नमुना बनाउन र समृद्धिमा लैजान अझै दश बर्ष काम गर्ने उनले बताए। बुधबार १२ औं चितवन महोत्सव २०७५ को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको साथमा आउने दश वर्ष भित्रमा देशलाई नमुना बनाउने चाहना रहेको भनाई व्यक्त गरे।

‘म आशा गर्छु, जुन अभियान मैंले सोचेको छु, मेरो सपना हो’ भावुक हुँदै कार्यक्रममा उनले भने, ‘अब दश वर्ष समृद्धिको निम्ति काम गरेर माथि जाने विचार छ।’ चितवन सिंगै राष्ट्रको केन्द्र बन्न सक्ने संभावना रहेकाले जिल्लाको विकास समग्र राष्ट्रको विकाससँग सम्बन्धित रहेको उनले बताए। उनले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यबाट मात्रै समृद्धि प्राप्त हुने धारणा व्यक्त गरे।

नीजि क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पुरा हुन नसक्ने उनले बताए। सरकार र नीजि क्षेत्रबीच घनिष्ट सम्बन्ध हुने भएकाले सहकार्यबाट मात्र समृद्धि हासिल गर्न सकिने उनको भनाई छ।

पहिले जस्तो केही राजनीतिक दुविधा र विकासलाई गति दिने मार्गचित्रका बारेमा समेत अहिले दुविधा नरहेको उनले औंल्याए। ‘मिलेर संविधान बनाईसकेपछि राजनीतिक द्वन्द्व र भ्रमको स्थितीको समापन भएको छ’ उनले भने, ‘राजनीतिक स्थायित्वको निम्ति बलियो सरकारको आधारशिला खडा गरिसकिएको छ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार