एनअाइसी एसियाको रेमिटेन्समा छलाङ

  मूलधार पोष्ट  346 पटक हेरिएको

एनआइसी एशिया बैंक लिमीटेडले वल्र्ड रेमिट लिमीटेडसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वल्र्ड(World) रेमिट लिमीटेड(यूके)सँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट मंसिर २३ मा स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

यो सम्झौताअनुसार वल्र्ड(World) रेमिटमार्फत कतार, साउदी अरेबिया, यूएई, कुवेत, जापान, क्यानडा, अस्टेलिया, न्यूजील्याण्ड, यूके, अमेरिका र यूरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम एनआइसी बैंकका मुलुकभरका २७० वटा शाखा कार्यालय तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ ।

वल्र्ड(World) रेमिटका ग्राहकले एजेन्टमार्फत विप्रेषण सेवा नलिई आफै आफ्नो मोवाइलमार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्ने बैंकले जनाएको छ । यो सेवाले ग्राहकहरुको समय तथा पैसाको बचत हुने अपेक्षा गरिएको छ । वल्र्ड(World) रेमिटको न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वल्र्ड(World) रेमिटमार्फतका कारोवार वार्षिक १६० प्रतिशतले वृद्घि भइरहेको छ। वल्र्ड(World) रेमिटले आफ्ना ग्राहकलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै क्यास पिकअप तथा बैंक टान्सफरबाट पैसा पठाउने सेवा दिइरहेको छ । त्यस्तै

सर्वसाधारणको विश्वास जितेर छोटो समयमै देशकै ठूलो बैंक बन्न सफल एनआइसी एशिया बैंक लिमीटेडले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५’ प्राप्त गरेको छ । बैंकले यो प्रमाणपत्रलाई ‘गरिमामय’ भनेको छ ।

यस्तो अवार्ड United Registrar of System-URS/UKAS-UK ले प्रदान गर्ने गर्दछ । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखी योजना, आफ्नो सबल तथा चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले यो अन्तराष्ट्रिय स्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको हो ।

यस बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमा पनि अग्रणी बैंक बन्न सफल भइसकेको छ । हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन् । बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्बको उचाईमा पुगेको छ। बैंकमा करिब १४ लाख ग्राहक रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार