कम्य‍निष्टहरुले लडेर ल्याएको लोकतन्त्रलाई काँग्रेसले मागि खाने भाडो जस्तै बनायो : ओली

  मूलधार सम्वादाता  262 पटक हेरिएको

झापा-  शुक्रबार झापाको दमकमा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा भुलचुकले मात्रै प्रधानमन्त्री भएको बताएका छन् ।

बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भुलचुकले देउवा प्रधानमन्त्री भएकाले निर्वाचन आचारसंहिता विपरित मनलाग्दी दुरगामी निर्णयहरु समेत धमाधम गरिरहेको बताए ।

अव बन्ने बामपन्थीको सरकारले एकमुष्ट उल्ट्याउन सक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिन प्रधानमन्त्री देउवालाई सचेत गराए । कांग्रेसले लोकतन्त्रलाई मागि खाने भाडो मात्र बनाएको भन्दै ओलीले कम्युनिष्टहरुले नै लडेर ल्याएको लोकतन्त्र र संविधानको कांग्रेसलाई भन्दा बढि माया पनि लागेको बताए ।

सरकार र प्रधानमन्त्री देउवाप्रति निकै आक्रोशित बनेका अध्यक्ष ओलीले संविधान जारी गर्न नै नमानेको कांग्रेसलाई एमाले र माओवादीले घिसारेर र लतारेर मात्रै संविधानमा हस्ताक्षर गर्न लगाएको भन्दै त्यस्तो कांग्रेस र त्यसका नेताहरुले अहिले कम्युनिष्टहरु संविधान नै मान्दैनन भनेर भ्रमको खेति गरिरहेको आरोप लगाए । News24 Tv बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार