डेक्स वेन्च सहयोगले परिक्षा दिन सहज

  मूलधार पोष्ट  360 पटक हेरिएको

बाजुरा- जिल्लाको बुढीगंगानगरपालिका स्थित थुमा माविलाई गुडनेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा पीसवन बाजुराद्धारा डेष्कबेन्च सहयोग पछि विद्यार्थीलाई पठनपाठनमा सहज हुनका साथै बसाई व्यवस्थापनमा समेत  सहयोग पुगेको छ ।

विद्यालयलाई ४० डेक्स र ४० सेट बेन्च सहयोग संगै विद्यालयको डेक्सबेन्च बेन्चबाट बन्चित विद्यार्थी अनुपात ५.०३ बाट घटेर ३.३५ पुगेको छ ।  विद्यालयलाई डक्सवेन्च सहयोगले विद्यार्थीहरुले चौरमा बसेर परिक्षा दिनुपर्ने बाद्यता हटेर विद्यार्थीले डेक्सवेन्चमा बसेर परिक्षा दिन पाउदा सहजता भएको विद्यालयले बताएको छ ।

सहयोग पछि यसबर्ष बाट डेक्सपेन्टबाट परिक्षा दिन पाउदा विद्यालय खुसी भएको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर खातीले जानकारी दिनुभएको छ ।

त्यस्तै आवश्यक शैक्षिक सामाग्री र स्कुल पोशाक नहुँदा विद्यालयमा नियमति नहुने समस्या ग्रामिण भेगमा अझै कायम छ । अभिभावकसँग आर्थिक अभावकै कारण विद्यार्थीलाई हुने समस्या विद्यालय नियमित नहुनुको कारण बन्ने गरेको छ । तर जिल्लाका केही विद्यालयको त्यो समस्या भने हल भएको छ ।
बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयमा त्यो समस्या कम हुँदै गएको स्वयम अभिभावकहरुले बताउने गरेका छन् । दुई वटा स्थानीय तहका ३३ विद्यालयका १९ सय ४५ जना विद्यार्थी प्रयोजित शैक्षिक सामाग्री प्राप्त गर्ने गरेका छन् ।

विगत चार वर्षदेखि बुढीगंगाका ६ वटा वडा र खप्तड छेडेदहका ७ वटा वडामा रहेका अति विपन्न समुदायका बालबालिकाका लागि प्रत्येक वर्ष शैक्षिक सामाग्री, विद्यालय पोशाग, जकेट र जुत्ता समेत सहयोग पाईरहेका छन् । शिक्षा आर्जनमा मात्र नभई उनीहरुको स्वास्थ्य उपचार र सुरक्षामा समेत सहयोग पुगेको खप्तड छेडेदह गाउँपालिका ३ का अध्यक्ष दिपक रावतले बताएका छन् ।
वडा कार्यालयको सिफारिसमा अति विपन्न समुदायका बालबालिकालाई उक्त सहयोग दिने गरिएको छ ।

उनीहरुलाई वर्षभरि पुग्ने शैक्षिक सामाग्री देखि चिसो छल्न जकेट देखि भित्री पोशाग समेत दिने गरेको छ । विद्यार्थीलाई गुड नेवर्स, पीसविनको सहकार्यमा सञ्चालिन सामुदायिक विकास परियोजना अन्र्तगत सहयोग भईरहेको छ । चिसो बढेसँगै लुगा कपडा नै नभएर विद्यालय नआउने विद्यार्थीपनि नियमित आउने गरेको मालिका मावि गाँजराका प्रअ राजेन्द्र सिंहले बताएका छन ।

मालिका माविमा मात्र डेढ सयको संख्यामा विपन्न विद्यार्थीले सहयोग पाउने गरेका छन् । उसोत स्वास्थ्य चौकीलाई उपचार सामाग्रीदेखि विद्यालयमा पुस्तकालय, कम्प्यूटर लाईब्रेरी पनि सहयोग गरिएको छ । सहयोग पाउने विद्यार्थीलाई बार्षिक तीन पटक अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था पनि गरिएको छ ।  विपन्न र गरिब परिवारका लागि अभिभावककै भूमिका निर्वाह गरेको भानुदय माविका प्राचार्य मनवीर खातीले बताएका छन् । विद्यालयमा दिएको कम्प्यूटर ल्याबले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कम्प्यूटर शिक्षा सञ्चालन गर्न सजिलो भएको खातीको भनाई छ ।

विद्यालयको भवन नभएका तीन वटा विद्यालयमा भवन निर्माण गरिएको छ । भने डेक्स बेञ्चपनि ३३ वटै विद्यालयलाई क्रमश सहयोग गर्ने कार्य भईरहेको गुड नेवर्स इन्टरनेशनलका जिल्ला संयोजक खडक बोहराले बताएका छन् ।
शैक्षिक सामाग्री अभावकै कारण विद्यालय नियमित नहुने बालबालिकाको संख्या पातलीदै छ । नियमित विद्यालय आउने र शैक्षिक गुणस्तर सुधार हुने दरमा वृद्धी भएको छ । सहयोगले परिवारलाई आर्थिक भार घटाएकोमा विद्यार्थी स्वयम खुसी छन् । विद्यार्थी लक्षित सहयोगले समग्रमा शैक्षिक गुणस्तर वृद्धी भएको छ । भने कक्षा छोड्ने, दोहोर्याउने र नियमित नहुने दर घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार