छाउ गोठमा आगलागी हुदा आमा सहित २ छोराको मृत्यु

  मूलधार पोष्ट  510 पटक हेरिएको

जिल्लाको बुढिनन्दा नगरपालिका ९ को भुगेचौड को छाउ गोठमा आगलागीमा परि तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीया अम्बा बोहोरा उनकोे ९ वर्षीया छोरा सुरेस बोहोर ७ वर्षीय छोरा रमित बोहोको आगलागीमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आगलागी के कति कारणले लागेको हो भन्ने कुरा खुलिनसेको प्रहरीले जनाएको छ । प्रहरीको टोली घटना स्थल पुगिसकेको र क्षतिको विवरणका बारेमा मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको गाडीको ढोकाले ठोकेर एक जना घाईते भएका छन्। धनगढीको एलएनचौकमा रहेको साथी होटेल नजिक बाटोमा रोकेर पछाडी नहेरेरै ढोका खोल्दा त्यसमा लागेर अछामको ढकारी गाउँपालिकाका सुचना तथा सञ्चार प्रविधि अधिकृत २६ बर्षीय विक्रम बोहोरा घाईते भएका हुन्।

पछाडी नहेरेरै ढोका खोल्दा से ७ प २३२ नम्बरको मोटरसाईकलमा सवार बोहोरा घाईते भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाईतेको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ। मुख्यमन्त्रीको गाडी फर्काउने क्रममा पिएसओले नहेरेरै ढोका खोल्दा उनी घाईते भएका हुन्।

यो पनि पढ्नुहोस् –

चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार, आगामी वर्ष चीनको गाँसु प्रान्तस्थित जिउकुआङ प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट लञ्च गरिनेछ । सन् २०२० सम्म अन्तरीक्षमा यस्ता १० वटा अरु स्याटेलाइट पनि पठाउने योजना छ । त्यस्तै सन् २०२६ सम्ममा अन्तरीक्षमा लिंकस्योरका यस्ता २ सय ७२ वटा स्याटेलाइट हुनेछन् । त्यसले पूरै विश्वमा निःशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउनेछ । कम्पनीका सीईओ वांग जिग्यिंगका अनुसार, यस योजनालाई सफल बनाउन कम्पनीले झण्डै ५ हजार करोड रुपैयाँ बराबरको रकम लगानी गर्नेछ ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार अन्तरीक्षबाट आउने वाईफाई नेटवर्कलाई मानिसहरुले सजिलैसँग आफ्नो स्मार्टफोनलगायतका ग्याजेटमा सजिलैसँग कनेक्ट गर्न सक्नेछन् । टेलिकम नेटवर्क तथा अन्य इन्टरनेट प्रदायकहरु नपुगेका र पुग्न सम्भव नदेखिने क्षेत्रहरुमा समेत अन्तरीक्षको उक्त नेटवर्कले काम गर्नेछ । रिपोर्टअनुसार, विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न पाएका छैनन् ।

स्मरणरहोस् स्पेस एक्स नामक कम्पनीले यही वर्ष अन्तरीक्षमा ७ हजार स्टारलिंक स्याटेलाइट पठाउने स्वीकृति पाएको छ । उक्त कम्पनीले आगामी केही वर्ष भित्रैमा अन्तरीक्षबाट पृथ्वीमा इन्टरनेट सेवा उपलब्ध गराउनका लागि १६ सय स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गर्नेछ ।

स्पेस एक्सका अलावा गुगल, वनवेब तथा टेलिस्याटजस्ता कम्पनीहरु पनि यस्तो खाले योजना ल्याउने तयारीमा लागिरहेका छन् । यदि सबै योजना सफल भएमा यी कम्पनीहरुका स्याटेलाइट तथा बेलुनहरुले पनि अन्तरीक्षबाट पृथ्वीमा हाइस्पिड इन्टरनेट सेवा उपलब्ध गराउने छन् ।

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार