४ नागरिकता प्रयोग गरि ४० लाख ठगि, को हुन हेर्नुहोस्

  पत्रपत्रिकाट  290 पटक हेरिएको

फरक नाममा ४  नागरिकता बनाएर व्यापारी ठगी गरेको अभियोगमा सुदूरपश्चिम प्रदेशको कैलाली धनगढी–३ का वासुदेव मैनाली पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । उनले रामचन्द्र शर्मा, शिवराम पौडेल, वासुदेव मैनाली र नाम उल्लेख नभएको अर्को नागरिकता बनाई काठमाडौंका व्यापारी ठग्दै आएका थिए । त्यसमध्ये शिवराम पौडेलको नाममा बनाएको नागरिकता प्रयोग गरी गरिमा विकास बैंकमा बैंक खातासमेत खोलेका थिए ।

फरक–फरक परिचय दिएर सोरुमबाट सामान उठाएर बेपत्ता
काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार मैनालीले आफ्ना नागरिकता प्रयोग गरी सातजनासँग ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेको उजुरी परेको छ । ‘उसले फरक–फरक नाममा चारवटा नागरिकता बनाएको भेटिएको छ । तिनै नागरिकता प्रयोग गरी फरक व्यापारीहरूलाई फरक परिचय दिएर सोरुमबाट सामान उठाउँथ्यो । रकम भने चेकमा दिन्थ्यो र फरार हुन्थ्यो । उसले सातजनालाई ठगेको उजुरी परेको छ । थप अनुसन्धान भइरहेको छ,’ लामाले भने । मैनालीले विभिन्न व्यापारीको सोरुमबाट फ्रिज, एलइडी टेलिभिजन, ओभन, रक्सीलगायत इलेक्ट्रोनिक सामान उठाउने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनको वासुदेव मैनाली नामको नागरिकता जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी भएको छ । रामचन्द्र शर्मा पौडेल नामको नागरिकता जिल्ला प्रशासन कार्यालय खोटाङबाट जारी भएको छ । शिवराम पौडेल नामको नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रे र नाम नभएको नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको छ । फरक–फरक परिचयबाट ठग्दै हिँड्ने मैनालीलाई पक्राउ गर्न प्रहरीले उनकै श्रीमतीको टेलिफोन नम्बर प्रयोग गरेको थियो । यसका लागि प्रहरीले पहिलो चरणमा उनकी श्रीमतीको मोबाइल नम्बर पत्ता लगायो । प्रहरीले नम्बर लिन प्रयोग गरिएको नागरिकतासहितको विवरण नेपाल टेलिकमबाट लियो । नम्बर लिन प्रयोग गरिएको नागरिकतामा पति वासुदेव मैनाली उल्लेख थियो । यही तथ्यको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका मैनालीले प्रयोग गर्ने चारवटै नागरिकताको अनुसन्धान गर्ने भएको छ । नागरिकता नक्कली रहेको पाइए किर्तेमा कारबाही गरिनेछ । जिल्ला प्रशासन कार्यालयबाटै जारी भएको हो भने सम्बन्धित अधिकारीलाई पक्राउ गरिनेछ । ‘उसको नागरिकता पनि अब अनुसन्धान हुन्छ । किर्ते भए सोहीअनुसार कारबाही हुन्छ, नत्र अझ गम्भीर ढंगले अनुसन्धान हुन्छ,’ डिएसपी बोगटीले भने ।

प्रहरीका अनुसार मैनालीले फरक–फरक परिचयबाट पाटनका निरञ्जन जोशी, टोखाका रामप्रसाद श्रेष्ठ, पेप्सीकोलाका डम्बर थापा, कमलविनायकका राजेश श्रेष्ठ, ठिमीका गंगाराम मानन्धरलगायत अन्य दुईजनाले आफूहरूलाई ठगेको भनी प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन्।

मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको संघीयता, स्थानीय सरकार र प्रशासन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन्। ‘चिठी दिएको २१ दिनभित्र कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिन्छ,’ पण्डितले भने। मन्त्री पण्डितले प्रशासन साइकलको ट्युवजस्तो लिरिलिरी गरेर नचल्ने भन्दै संघीयता कार्यान्वयनको जिम्मेवारीबाट सरकार नभाग्ने बताए। देशको जुनसुकै स्थानमा गएर काम गर्न तयार छु भनेर शपथ खाएका कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न नमिल्ने उनको भनाइ थियो। नागरिक दैनिकमा खबर छापेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार