सुनेर झण्डै वेहोस् भएको, फेसबुकमा सार्वजनिक भयो मतदाता किन्न यस्तो हदैसम्म गरेको प्रमाण

  मूलधार सम्वादाता  453 पटक हेरिएको

 काठमाडाैं-  चुनावमा उम्मेदवारले मतदातालाई पैसा बाँडेर भोट किनेको चर्चा अब चर्चामा मात्रै सिमिति नहुने देखिएको छ । पछिल्लो समय विभिन्न पक्षबाट उम्मेदवारले पैसा बाँडेको आशंका र दाबी सार्वजनिक हुन थालेको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्रका युवा नेताले सामाजिक संजाल फेसबुकमार्फत एक तथ्य सार्वजनिक गरेका

छन्, जुन तथ्यले उम्मेदवारले पैसा बाँडेको भन्ने आरोपलाई पुष्टी गर्न धेरै हदसम्म सहयोग गर्दछ । माओवादी नेता लेखनाथ न्यौपानेले आफ्नो फेसबुकमा उम्मेदवाहरुले मतदातालाई पैसा बाँडेको तथ्य सार्वजनिक गरेका छन् ।

कुनै एक हिमाली जिल्लाबाट चुनाव लडेका बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवाहरुले मतदातालाई पैसा बाँडेको न्यौपानेले उल्लेख गरेका छन् । वाम गठबन्धनका उम्मेदवारले प्रति मतदाता ५ हजार रुपैयाँ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले प्रति मतदाता ४ हजार रुपैयाँका दरले पैसा बाँडेको प्रमाणित भएको दाबी न्यौपानले गरेका छन् ।

यद्यपी उनले पैसा बाँडिएको भनिएको जिल्ला र उम्मेदवारको नाम भने सार्वजनिक गरेका छैनन् । तर उनले पुरै प्रमाणित गर्न नसके पनि भर पर्दा तथ्य देखिएको उल्लेख गरेका छन् ।

चुनावमा उम्मेदवारले मतदातालाई पैसा बाँडेर भोट किनेको चर्चा अब चर्चामा मात्रै सिमिति नहुने देखिएको छ । पछिल्लो समय विभिन्न पक्षबाट उम्मेदवारले पैसा बाँडेको आशंका र दाबी सार्वजनिक हुन थालेको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्रका युवा नेताले सामाजिक संजाल फेसबुकमार्फत एक तथ्य सार्वजनिक गरेका छन्, जुन तथ्यले उम्मेदवारले पैसा बाँडेको भन्ने आरोपलाई पुष्टी गर्न धेरै हदसम्म सहयोग गर्दछ । माओवादी नेता लेखनाथ न्यौपानेले आफ्नो फेसबुकमा उम्मेदवाहरुले मतदातालाई पैसा बाँडेको तथ्य सार्वजनिक गरेका छन् ।
कुनै एक हिमाली जिल्लाबाट चुनाव लडेका बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवाहरुले मतदातालाई पैसा बाँडेको न्यौपानेले उल्लेख गरेका छन् । वाम गठबन्धनका उम्मेदवारले प्रति मतदाता ५ हजार रुपैयाँ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले प्रति मतदाता ४ हजार रुपैयाँका दरले पैसा बाँडेको प्रमाणित भएको दाबी न्यौपानले गरेका छन् । यद्यपी उनले पैसा बाँडिएको भनिएको जिल्ला र उम्मेदवारको नाम भने

सार्वजनिक गरेका छैनन्यस्तो छ न्यौपानेको फेसबुक स्टाटस :
सुनेर झण्डै वेहोस् भएको
हिमाली जिल्ला (नाम उल्लेख गर्न मन लागेन) मा लोकतांत्रिक गठबन्धनका उमेद्वारले प्रति मतदाता 4 हजारका दरले 22 हजार मतदाता (रू 8,80,00,000) लाई पैसा बाँडेको र वाम गठबन्धनका उमेद्वारले प्रति मतदाता 5 हजारका दरले 15 हजार मतदाता (रू 7,50,00,000)लाई पैसा बाँडेको सुन्दा (पुरै प्रमाणित गर्न नसके पनि भर पर्दा तथ्य देखिएको छ) हामी चुनावमा छौं कि पैसावालहरूको कुस्तीमा ? खर्च गर्नै नहुने शीर्षकमा त यत्रो रकम खर्च गर्नेले अरू शीर्षकमा कति खर्च गरे होलान् ? र यसरी खर्च गरिएको पैसाको स्रोत के होला ? यसरी नै जित्ने हो भने राजनीति कता र कसको हातमा जाँदैछ ?! स्मरण रहोस् दुवै उमेद्वार ठेकेदार हुन् ।। तर उनले पुरै प्रमाणित गर्न नसके पनि भर पर्दा तथ्य देखिएको उल्लेख गरेका छन् ।

पैसा बाँड्ने प्रवृत्तिले गर्दा गलत परम्परा बसेकोप्रति चिन्ता व्यक्त गर्दै न्यौपानेले प्रश्न गरेका छन्, हामी चुनावमा छौं कि पैसावालहरूको कुस्तीमा ?
दुवै उम्मेदवार ठेकेदार भएको जानकारी समेत न्यौपानेले गराएका छन् ।

रिपोटर्सक्लवबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार