आस्थाका आधारमा विभेद हुदैन : मन्त्री शाह

  मूलधार पोष्ट  459 पटक हेरिएको

सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले विकासमा कसैलाई विभेद नगर्ने बताएका छन् । आस्था, भेग, क्षेत्र, जाति र वर्णका आधारमा कसैलाई काखा र पाखा नगरि समृद्ध बाजुरा निर्माण अभियानको संकल्प सहीत अघि बढ्ने बताएका छन् ।

खप्तड छेडेदह गाउँपालिका र मष्टेश्वरी माविले सयुक्त रुपमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री शाहले बाजुरालाई अब विभेद र पाछाडि पार्ने राज्यको नीतिका विरुद्धमा राजनीति आस्था भन्दा माथि उठ्न आवश्यक रहेको बताएका छन् ।


प्रदेश सरकारले गर्ने विकासमा सबैलाई समेटेर आवश्यकताका आधारमा समान रुपमा वितरण गर्ने र त्यसको सदुपयोगका लागि स्थानीय जिम्मेवार हुनु पर्ने बताएका छन् । शाहले खप्तड छेडेदह गाउँपालिका निर्वाचन क्षेत्र भित्र रहेका स्थानीय तहभन्दा पनि पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउँदै त्यसका लागि स्थानीय तहत यार रहनु पर्ने बताएका छन् ।

शाहले मार्तडी थामलेक सडकलाई २ लेनको फराकिलो बनाउने गरि प्रदेशकै महत्वको योजनामा पार्ने, गाउँपालिका भित्रको उपयुक्त स्थानमा क्याम्पस सञ्चालनका लागि आवश्यक सहयोग गर्ने, आटीचौरमा रहेको खेल मैदानलाई राष्ट्रिय स्तरका खेल खेल्ने मैदानका रुपमा विकास गर्ने, गैरकाँध, जिउलेखि मष्टा हुँदै बडालेक धार्मीक तथा पर्यटकीय मार्गका रुपमा विकास गर्ने सोचका साथ प्रदेश सरकारले बजेट विनियोजन गर्ने तयारी गरेको बताएका छन् ।

सुन्दर र पर्यटन विकासको प्रचुर संभावना रहेको क्षेत्र भएकोले कवर्ड हलको व्यवस्थागर्न तयार रहेको बताउँदै सिँचाई र खानेपानी सुविधाका लागि पनि स्थानीय सरकारसँग सहकार्य गरेर लगानी गर्न तयार रहेकोले आस्था र विचारले विभेद गर्ने कुनै गतिविधि नगर्ने बताएका छन् ।

गाउँपालिका अध्यक्ष नरबहादुर रावतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मन्त्री शाहलाई गाउँपालिका र विद्यालयका तर्फबार्ट ज्ञापन पत्र बुझाइएको छ । सञ्चार सुविधादेखि सडकको स्तरउन्नती, क्याम्पस स्थापनाको माग गाउँपालिकाले राखेको छ ।

मष्टेश्वरी माविले पनि क्याम्पस निर्माणका लागि पहल र भौतिक संरचना,खानेपानी व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्न माग सहीतको ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र विद्यालयका तर्फबाट प्राचार्य मंगल धामीले बुझाएका हुन् ।

शिक्षक खडक बुढाले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुन्ती बुढा साउँदले प्रदेश सरकारले बजेटमा उच्च प्राथमिकतामा राख्नु माग गर्दै बजेटमा विभेद नगर्न आग्रह गर्नु भएको छ । गाउँपालिका अध्यक्ष नरबहादुर रावतले प्रदेश सरकारले दुर्गम क्षेत्रको विकासका लागि बजेटमा प्राथमिता दिई सहयोग गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार