डडेल्धुरा सदरमुकाममा फेरि भिषण आगलागी

  मूलधार पोष्ट  318 पटक हेरिएको

गएराती सदरमुकाममा रहेको बगरबाटामा आगलागी भएको छ । आगलागीबाट तीन पसलकासाथै एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बगरबाटास्थित व्यवसायी टेक पनेरुको  चिया पसल र तरकारी तथा फलफूल पसलका साथै सोही पसलसँग जोडिएको फोटो स्टुडियो तथा फोटोकपी सेन्टर र थप एउटा तरकारी तथा फलफूल पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्मरबहादुर केसीले जानकारी दिनुभयो ।

स्थानीय राज जोशीको घरमा समेत आगलागीबाट क्षति पुगेको र उहाँको घरमा रहेको गोदामका सामानहरुजलेर नष्ट भएको छिमेकी शेरबहादुर गुरुङले जानकारी दिनुभयो । राती करिब पौने १२ बजे भएको आगलागीलाई नियन्त्रणमा लिन झन्डै २ घण्टा लागेको थियो ।

आगो नियन्त्रणका लागि जिल्लास्थित सुरक्षा निकाय र स्थानीय बासीको पहल थियो भने अमरगढी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।यसअघि गएको शुक्रबार बसपार्कस्थित लक्ष्मी किराना पसलमा आगलागी हुँदा पसल र गोदाम जलेर नष्ट भएको थियो भने बुधबार राती बगरकोट रोडस्थित गौरब ढावा होटलमा आगलागी भएको थियो । फाइल तस्विर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार