सुदूरपश्चिम सरकारले खरिद गर्यो २ करोड बढीका भिअाइपी गाढी

  मूलधार पोष्ट  533 पटक हेरिएको

सुदूरपश्चिम प्रदेशका सभामुख र उपसभामुखका लागि नयाँ गाडी खरिद गरिएको छ । प्रदेशसभा सचिवालयले एक करोड ४० लाख १० हजारमा सभामुख अर्जुन बहादुर थापा र उपसभामुख निर्मला जोशी बडालको लागि दुईवटा गाडी खरिद गरेको हो ।

प्रदेशसभा सचिवालयको लेखा शाखाका अनुसार सभामुख थापाका लागि ८४ लाख ४५ हजारमा महिन्द्रा कम्पनीको एक्स यु भी ५०० डब्लु ११ गाडी र उपसभामुख बडालका लागि ५५ लाख ६५ हजारमा एच फाईभ स्कारपियु गाडी खरिद गरिएको हो ।
यस्तै प्रदेशसभा सचिवालयका लागि पनि ५५ लाख ६५ हजारमा एच फाईभ स्कारपियु गाडी खरिद गरिएको छ । तीनवटै गाडी खरिदमा एक करोड ९५ लाख ७५ हजार खर्च भएको लेखा शाखाले जनाएको छ ।

सभामुख अर्जुन बहादुर थापा यसअघि प्रयोग गर्दै आएको गाडी छोडेर मंसिर २० गतेदेखी नयाँ चढ्न थालेका छन् भने उपसभामुख निर्मला जोशी बडाल पनि नयाँ गाडी चढ्छन् । उनीहरुले प्रयोग गर्दै आएका गाडी बिग्रिएकाले मर्मत सम्भार भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार