जनप्रतिनिधीको तबल बृद्धि

  पत्रपत्रिकाट  303 पटक हेरिएको

प्रदेश ३ सरकारले मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा ८७.५ प्रतिशतसम्म वृद्धि गरेको छ। राजधानी दैनिकका अनुसार बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै ८७.५ प्रतिशतसम्म बढेको हो।

केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका वेला प्रदेश सरकारको यो निर्णय आएको हो। बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिकका सदस्यहरूको सेवा सुविधा एकैपटक झण्डै दोब्बर वृद्धि गरेको हो।

निर्णयअनुसार आठ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब १८ हजार पाउनेछन । यो वृद्धि ८७.५० प्रतिशत हो। सरकारको यो निर्णयसँगै उपमहानगरपालिका सदस्यहरूले अब मासिक १३ रुपैयाँ तलब पाउनेछन्। त्यस्तै डडेल्धुराको भुवनेश्वर माध्यमिक विद्यालय देशकै नमूना विद्यालयको रूपमा परिचित हुँदै गएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यार्र्थी कम भएपछि कतिपय विद्यालय समायोजनमा गएका छन भने केही बन्द हुने अवस्थामा छन् । तर, डडेल्धुराको विकट महाकाली किनारमा रहेको भुवनेश्वर माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर राम्रो हुँदै गएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका सरकारी विद्यालयमा विद्यार्थी नभएकै कारण समायोजन गर्नुपर्ने अवस्था रहेको बेला भुवनेश्वर माविमा विद्यार्थीको चाप बढेको छ । विद्यालयले शैक्षिक गुणस्तर सुधारको लागि वार्षिक कार्ययोजना बनाएको र शिक्षक, व्यवस्थापन समिति तथा विद्यार्थीको पनि निरन्तरको मेहनत रहेको एकजना अभिभावक सुरेश चन्दको भनाइ छ । उत्कृष्ट नतिजा र शैक्षिक वातावरण हेरेर नै शिक्षामन्त्रालयले यस विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको छ ।

लविद्यालयमा अहिले पाँच सय ६२ विद्यार्थी छन् भने १५ जना शिक्षक–शिक्षिका छन् । अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीको मेहनतले मात्रै यो सम्भव भएको विद्यालयका प्रधानाध्यापक डम्मर सिंहले बताउनुभयो । २०३० सालमा स्थापना भएको विद्यालयले बालविकासदेखि १२ कक्षासम्म पढाइ सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार