जिल्ला स्वास्थ्य बाजुराले एड्स सम्बन्धि डकुमेन्टी प्रर्दशन गर्ने

  मूलधार सम्वादाता  346 पटक हेरिएको

बाजुरा– विश्व एड्स दिवस भव्य रुपमा मनाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र अन्य निकायको सहकार्यमा दिवस जिल्लाभर सचेतना मुलक कार्यक्रम गरेर मनाउने तयारी भईरहेको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनु भएको छ ।

दिवसको अवसरमा बुढीगंगा नगर पालिका र छेडेहद गाउँपालिकाका अधिकांश विद्यालयमा विद्यार्थीलाई यौन तथा प्रजजन स्वास्थ्य र एचआईभि बारे जानकारी गराउने जिल्ला स्वस्थ्य कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विकले बताउनु भएको छ ।

३० औं विश्व एड्स दिवसका अवसरमा मार्तडी स्थित हाट बजारमा डकुमेन्टी प्रर्दशन गरिने भएको छ ।

मेरो स्वास्थ्य मेरो अधिकार भन्ने नाराका साथ दिवस मनाईने भएको छ । भने रेडियो बाजुराले मंसिर १५ विहान ७ः३० देखि ८ बजेसम्म ३० मिनेट रेडियो बहस पनि सञ्चालन गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार