राजश्व छलेको आरोपमा चौधरी पक्राउ

  मूलधार पोष्ट  167 पटक हेरिएको

राजश्व छलेको आरोपमा कैलालीको बर्दगोरीया गाउपालिका वडा नम्बर २ का अध्यक्ष भिक्खुराम चौधरीलाई प्रहरीले प्रकाउ गरेको छ । स्थानीय नागरीकले वडा कार्यालयबाट सेवा लिँदा बुझाएको राजश्वको रसिद नदिएको जनगुनासो आएपछि गाउँपालिकाका अध्यक्ष बलिराम चौधरी आफै आज बिहान अनुगमनमा जानु भएको थियो ।

नागरिकबाट लिएको राजश्वलाई कृतेगरेर अबैध रकम असुलदै आएका वडा अध्यक्ष चौधरीलाई प्रहरीको जिम्मा लगाईएको छ । पक्राउ परेका वडा अध्यक्ष चौधरी इलाका प्रहरी कार्यालय बौनिया छन् । जनताको संरक्षण र नेतृत्वको लागि भन्दै निर्बाचित वडा अध्यक्ष जनताको भक्षक भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

सेवाग्रहीले दिएको राजश्व छलीगर्ने वडा अध्यक्षलाई कानुन अनुसार कारबाहीको लागि पहल गर्ने गाउपालिकाका अध्यक्ष बलिराम चौधरीले बताउनुभयो । राजश्व छलि गर्ने वडा अध्यक्ष भिक्खुराम तत्कालीन नेकपा माओबादीबाट निर्बाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार