नेपालको ध्वजावाहक रेल चलाउने यस्तो छ अन्तिम निर्णय

  मूलधार पोष्ट  226 पटक हेरिएको

अव केहि समयमा प्रधानमन्त्री अोलीले चाहेको पुरा हुने देखिन्छ । त्यो हो अोलीले आफ्नो कार्यकालमै नेपालमा रेल कुदाउने । यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड ३५ किमिमा नेपालको राष्ट्रिय ध्वजावाहक सहितको रेल दाैडाउने बताउनुभएको छ ।

मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री महासेठले २ वटा नेपालको ध्वजावाहक रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।

पहिले ‘भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उहाँले भन्नुभयो,‘पछि नेपालकै लगानीमा राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’ भारत सरकारबाट रेलको ‘स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताउनुभयो।

२ वटा रेल एकैचोटि खरिद गर्छौं,’ मन्त्रीले भन्नुभयो, ‘तीन महिनाभित्र पहिलो आउँछ, अर्को त्यसको एक महिनापछि ।’ रेल खरिद प्रक्रिया नेपाल–भारत सरकारबीच हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार