सेक्स कुन समय र कति पटक गर्दा राम्रो

  एजेन्सी  863 पटक हेरिएको

सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ । सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । व्याख्या सहित तल बुदामा उल्लेख गरिएको छ ।

मोटोपन घटाउन सहयोग गर्छ
सेक्स गर्दा मोटोपन घटाउन्छ भनिएको छ । अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा। डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा। डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

कतिपटक र कसरी गर्ने
सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

किन रातिमा सेक्स नगर्ने
विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

विहानको सयमा सेक्समा कसरी लिने मज्जा
विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार