घट्यो पेट्रोलियम पदार्थको मूल्य, मूल्य सहित

  रासस  285 पटक हेरिएको

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।

समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम रहेको थियो । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ । रासस

यो पनि पढ्नुहोस् ।

भmापाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा आज अपरान्ह् भएको आगलागीमा परेर चार घरसहित टहरा जलेर नष्ट भएका छन् । स्थानीय राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उहाँको घर, गोठ र टहरा जलेको वडा नं १ का अध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो ।

आगलागीबाट दनुवारको घरमा भण्डारण गरिएको धान, चामल तथा लत्ताकपडासमेत जलेर नष्ट भएको जनाइएको छ । गाईवस्तुलाई खोले पकाउने क्रममा गोठबाट आगो सल्किएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार