सबैले साथ दियाैं- अष्टमीको हत्यारा खोज्न रवि टिम सहित युएई जादै, जेलबाट अन्तरवार्ता दिए सञ्जय टक्लाले… सिधा कुरा जनतासंग

  सिधा कुरा जनतास‍ंग  421 पटक हेरिएको

काठमाडाैं-  हाम्रो देश नेपालमा प्रजातन्त्र,लोकतन्त्र, गणतन्त्र प्राप्तीपछि मुलुकमा सबैभन्दा बढि मौलायो दलाली । सम्मानपूर्वक भन्नु पर्दा विचौलीया भनिन्छ तर कर्म सम्मान जनक नगर्नेलाई शब्द सम्मान जनक प्रयोग गरीरहन परेन । एजेन्टको रुपमा काम मिलाइदिने लाइसेन्स प्राप्त इमान्दाहरुले यसमा चित्त दुखाइरहन परने तर जनता लुट्न सडकका बसपार्क देखी सर्वोच्च अदालत सम्म जमेर बसेका दलालहरु प्रती लक्षित गरेर केही भन्न चाहन्छु ।

यसमा चित्त दुखेपनि मेरो भन्नु केही छैन । उसै पनि बान्की मिलाएर बोल्ने स्वाभावको कार्यक्रम होइन यो । सर्वसाधारण मानिसको प्रतिनिधित्व गरीने कार्यक्रम बाट मिठो वचन,साहित्यीक शब्दावली र भद्र भाषाको प्रयोगको आशा नगर्नुहोला । त्यसैले दलाललाई दलाल नै भन्दा सुहाउछ र मिठो सुनिन्छ । सबै क्षेत्रको दलाली सहन सकिन्छ तर न्यायलय,अदालतमा हुने दलाली सहनु हुँदैन । अदालतमा दलाली सुनेर अचम्म र छक्क पर्नु भयो होला तपाईहरु तर हामी के भन्न खोज्दै छौँ भन्ने कुरा कानुन व्यवसायी मित्रहरुले चांही छर्लङगै बुझीसक्नु भो ।

केही दिन अघि सम्माननीय प्रधान न्यायाधिश गोपाल पराजुलीले भन्नु भएको थियो ,विचौलीयाहरुसँग सतर्क रहनुस् । उहाँको यो भनाइले स्पष्ट पार्छ कि अदालतमा दलालको विगविगी छ। अदालतमा दलालहरु किन सल्बलाउँछन् ? मुद्वा मिलाउन,हार्ने केश जिताउन,जित्ने केश हराउन । यस्तो कस्ले गर्न सक्छ ? न्याय मुर्ती,माई लर्ड न्यायाधीशहरुले । अदालत जस्तो ठाँउमा विचौलीया, सरि दलाल सल्बलाउछन् र प्रधान न्यायाधीश स्वयं यिनिहरुदेखी होसियार हुनुहोस भन्नु हुन्छ भने न्याय खोज्न कहाँ जाने ?

हरेक न्यायाधीशले अदालतका दलाल चिन्नु भएको छ । शायद, प्रधान न्यायाधीश ज्युले पनि चिन्नु भएको छ । किनकी उहां एक्कै पटक प्रधानन्याधीश बन्नु भएको होईन् । तर पनि अदालत वरपरका दलालहरु किन हट्दैनन् ? न्यायको ढोका वरपर, न्यायको मन्दीर वरपर दलालहरु सल्बलाएको सुहाएन श्रीमान । सुनिन्छ अख्तियारले कसैलाई समातेर बुझायो भने त्यो त अदालत र केही न्यायधिसका लागि खाजा र सितन आए जस्तो हो रे ? आरोप लगाउन नमिल्ने भएकाले शंका व्यक्त गरेको नि श्रीमान ।

अरवौको भ्रष्टाचारमा करोड तिरेर उम्कीन पाइने भएपछी के भो र ? यो त भ्रष्टाचार गर्ने प्रेरणा दिए जस्तो भएन र ? देशमा कानुन छ, प्रहरी प्रशासन छ प्राप्त सवुद प्रमाणका आधारमा फैसला सुनाउन सक्ने दक्ष, इमान्दार न्यायमुर्ती न्यायधिस ज्युहरु हुदा हुँदै अदालत वरपर किरा जसरी सल्बलाउने दलालहरु किन चाहियो ? भन्न धेरै मन हुँदा हुदै पनि रोकिएको छु तर अदालत वरपर फलानो -फलानो न्यायधिसको सेटिङ म मिलाई दिन्छु भन्ने दलालहरुलाई ठेगान लगाउन श्रीमानहरुले नसक्ने हो भने केही जिम्मेवारी हामीले लिन मिल्छ की ?

सम्मानित अदालत र न्यायाधीश ज्युहरुको मानहानी गरेको आरोप नलागोस श्रीमान तर अदालत वरपर केही कालो कोट लगाएका कालै मन भएकाहरु करोडौको डिल गर्छन् । श्रीमानको आंखा अगाडी, श्रीमानको नाक अघिल्तिर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार