शोकमा डुबेका नेपाल आइडलका रबीलार्इ एउटा चेलिको चिठ्ठी

  मूलधार पोष्ट  382 पटक हेरिएको

आफ्नी आमाको मृत्युपछि शोकमा डुबेका नेपाल अाइडलका रवीलार्इ एउटा नेपाली चेलीले मार्मिक चिठ्ठी पठाएकी छन् । उनले नेपाल अाइडड सिजन २ का बिजेता रवी अोडलार्इ लेखेको चिठ्ठी जस्ताको त्यस्तै।

प्यारो भाई रवि,
नेपाल आईडल सिजन २ विजेता ।
आज मैले यो पत्र लेख्ने रहर होइन, तर रविलाई दैवले दिएको चोट र रविको खुशिमा आएको वज्रपातको परिस्थितिले मलाई यो पत्र लेख्न वाध्य बनाईएको छ । रवि भनेर आमाले बोलाउने स्वर उनको वाल्यकालमा दैवले लुटेको थियो । फेरि जन्म दिने आमा गुमाएपनि रविलाइ माया गर्ने आमा भनेर बोलाउने संज्ञा पाएका रविलाई आज फेरि आमाले रवि भनेर बोलाउने आमाको स्वर फेरि दैवले रविबाट टाढा बनाएको छ ।

रवि तिमिले फेसबुकमा धेरै भावुक हुदै लेखेका शब्दहरुले मेरो मन मात्र कहाँ होर तिम्रा सबै शुभचिन्तकहरुको आँखा रसाएको छ । अनि सबैले तिम्रो पिडामा पिडाबोध गर्दै कसैले कविता त कसैले आफ्ना भनाईहरु राखेका छन । हेर त तिमिलाई माया गर्ने तिम्रा शुभचिन्तकहरु कति छन एकपटक त्यो पिडालाई शक्तिमा परिवर्तन गर्दै शुभचिन्तकहरुलाई पनि बलियो मन बनाएर सम्झाउन सक्नुपर्छ त्यो पिडा केवल तिमिलाई मात्र कहाँ हो र हर कोहि मानिसलाई दैवले दिने चोट हो त्यसमा तिमिले आफुलाई कमजोर बनाएर आफ्ना सपनासंगै कुद्ने पाईलाहरुलाई बन्धक बनाएर राख्नु हुदैन किन भने एक पटक फर्कि हेर त जिबन कति काहालि लाग्दो परिस्थिति बाट अघि बढेका पाईलाहरु कति पिडा र चुनौतिको संघारमा छन ।

दैवले पनि त्यसै कमजोर मनहरुलाई चोट दिन्छ र छानि छानि त्यहि महान व्यक्तिलाई उसले गरेको संघर्ष र चालेका पाईलाहरुमा मानिसको परिक्षा पिडा दिदै लिएको हुन्छ । जस भित्र तिमि पनि एक महान व्यक्ति भएकै कारण तिम्रो खुशिमा पिडा दिदै धैर्यता र चोट सहन सक्ने क्षमताको परिक्षा फेरि पापि दैवले लिएको छ । त्यसैले यस पिडामा एक थोपा आँशु नझार्नु रवि । किनकि तिम्रो आँशुको मुल्यांकन दैवलाई गर्न नदेउ । किनकि त्यो भगवान तिम्रो भगवान होईन जो तिमि हामिले दु:ख पर्दा हे भगवान भन्ने गर्छौ । भगवान त तिनिहरु हुन जसले तिमिलाई माया गर्ने आमा र तिम्रा स्रोताहरु ले माया दिएर नेपाल आाईडल बनाएका छन । एकपटक सोच त तिमिले नेपाल आईडलमा जित्दा मर्ने मान्छे थिए भने त्यो भन्दा धेरै तिम्रो यस पिडामा कमजोर भएर रुदा पनि त मर्ने मान्छेहरु पनि त छन । त्यसैले तिमिले आफ्ना स्रोतालाई एकपटक बलियो मन गरेर सम्झाउन सक्नुपर्छ ।

तिमिलाई थाहा नै छ झमक घिमिरे द्धारा लेखिएको नोवल “ जिबन काँडा कि फूल” त्यसै जिबनसंग तुलना गरि कहाँ लेखिएको हो र अनि अब्राहम लिङ्कनको जिबनिलाई हेर त त्यस्ता पिडा केहि बन्ने हरुका लागि भन्दा केहि गर्ने महान व्यक्तिहरुका लागि मात्र आउछन जस भित्र तिमि पनि एक महान व्यक्ति हौँ । जहा रवि ओड भनेर हामी सबैले गौरव र सम्मान गर्ने ठाउ तिमिले दिएका छौँ । त्यसैले तिमि यस पिडा भन्दा माथि उठ्नुपर्छ र तिम्रा स्रोताहरुको मायालाइ निरन्तरता दिनुपर्छ ।

अब तिमिले यो कुरा बुझ्नुपर्छ आमाले रवि भनेर बोलाउनु हुन्थ्यो तर अरुको लागि रविलाई नेपाल आईडल बनाएर चिनाउनु भाको छ । जहाँ हजारौँ आमाले जन्माउने छोरा रवि जस्तै र आमा रविकै जस्तेा हुनपर्छ भनेर आमा छोराको सम्बन्ध तिम्रो प्रगति र आमाको त्यागले ईतिहास रचेको छ । दिपा नेपाली
त्रि.वि.वि. किर्तिपुर, काठमााण्डौ (एम.एड. दोस्रो सेमेस्टर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार