प्रदेशका मन्त्रीले भ्रमणमा सके ३८ लाख

  मूलधार पोष्ट  254 पटक हेरिएको

सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुले विकासभन्दा पनि भ्रमण खर्चमा रकम स्वाहा पारेका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा सेवा सुविधावापतको ५८ लाख रकम बुझेका यहाँका मन्त्रीहरुले भ्रमणका नाममा मात्रै झण्डै ३८ लाख बजेट स्वाहा पारेका छन् ।

मन्त्रीहरुले सरकारी कामको सिलसिलामा जाँदा मात्र दैनिक भ्रमण भत्ताबापतको रकम पाउने प्रावधान भए पनि यहाँका मन्त्रीले त्यो प्रावधानलाई समेत लत्याएर कार्यकर्ता भेटघाट र व्यक्तिगत कामकाजको सिलसिलामा जाँदा समेत प्रदेशको ढुकुटीबाटै रकम लिने गरेको नाम नछाप्ने शर्तमा मुख्यमन्त्री तथा

मन्त्रिपरिषद्को कार्यालयका एक कर्मचारीले बताएका छन् ।
सुदूरपश्चिमका मन्त्रीहरूले प्रायःजसो हरेक महिना अनुगमन भ्रमण खर्चको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लाखौँ रकम बुझेको देखिएको छ । मन्त्रीहरुले अघिल्लो आर्थिक वर्षको पाँच महिनामा २२ लाख र चालू आर्थिक वर्षको पाँच महिनामा झन्डै साढे १५ लाख अनुगमन भ्रमण खर्च गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी तथा शाखा अधिकृत हरिदत्त भट्टले गत वर्ष र यो वर्ष गरेर ३८ लाख रकम अनुगमन भ्रमणमा खर्च भएको जानकारी दिए। नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार