शिक्षा ऐन विपरित सरुवा, शिक्षकहरु आक्रोशित

  मूलधार पोष्ट  200 पटक हेरिएको

बझागं जिल्लाको खप्तड छान्ना गाँउपालिकामा रहेका बिभिन्न बिद्यालयमा कार्यरत शिक्षकहरुलाई शिक्षा ऐन विपरित सरुवा गरेको भन्दै सरुवा गरिएका शिक्षकहरु आक्रोशित बनेका छन । खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले कुनै समन्वय नै नगरी आफुखुसी वेपायक पर्ने स्थानमा सरुवा गरेको भन्दै शिक्षकहरु आक्रोशित भएका हुन् । गाउँपालिकाले विभिन्न विद्यालयका स्थायी ११ र बालशिक्षा २७ गरी ३८ जना शिक्षकहरु आफुखुसी सरुवा गरिएको बुझिएको छ ।

यसरी राजनितिक रंग दिएर एक्कासी बेपायक पर्ने विद्यालयमा सरुवा भएको जानकारी भएपछि शिक्षकहरु विभिन्न निकायहरुमा हचुवामा गरिएको सरुवा बदरको माग गरेका छन् । समन्वय विना नियम विपरित पायक पर्ने मष्टा सामुदायिक विद्यालयबाट बेपायक पर्ने बाठपाला सामुदायिक विद्यालयमा सरुवा गरी गाउँपालिकाले अनावश्यक दुःख दिन खोजेको बाल शिक्षा शिक्षिका मेनाका जोशीले बताएकी छन् ।

शिक्षा इकाइहरुसँग समन्वय नै नगरी हचुवाको भरमा एक्कासी सरुवा गर्दा आफु लगायत झण्डै ३८ जना शिक्षक÷शिक्षिकाहरु समस्यामा परेका छन् । गाउँपालिकाले शिक्षा नियमावली नवन्दासम्म पुरानो शिक्षा नियमावली ८औ संशोधन अनुसार काम गर्नुपर्ने जनाएको छ ।

अध्यक्ष वर्क रोकायाले नेपाली काँग्रेसमा आस्था राख्ने केहि शिक्षकहरुलाई सरुवा नगरेको र सरुवा गरेका शिक्षकहरुलाई पायक पर्ने स्थानमा सरुवा गरेको र फरक राजनितिमा आस्था राख्नेलाई वेपायक पर्ने विद्यालयमा सरुवा गरेको स्थानिय शिक्षकहरुको आरोप छ ।

अध्यक्ष रोकायाले नेपाली काँग्रेसबाट विजयी भएका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल सुनार की भाई बुहारी चमेली सुनार, खप्तड छान्ना गाउँपालिकाका विद्यालय निरिक्षक खडक राज जोशीकी भान्जी बुहारी, काँग्रेसका नेता उत्तम रोकायाकी श्रीमती भगवती खडका÷ रोकाया लगायतलाई सरुवा नगरेको र काँग्रेसबाटै विजय भएका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक खडकाकी श्रीमतीलाई वेपायक पर्ने विद्यालयबाट पाएक पर्ने विद्यालयमा सरुवा गरेको र अन्य फरक आस्था राख्ने शिक्षकहरुलाई पायक पर्ने विद्यालयबाट वेपायक पर्ने विद्यालयमा सरुवा गरेको स्थानिय बिक्रम खडकाले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार