अव सवारी चालक अनुमतिपत्र डोटीबाट नविकरण हुने

  मूलधार पोष्ट  237 पटक हेरिएको

विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) अब डोटीबाटै नविकरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय डोटीले आयोजना गरेको एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथी एवं दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले उदघाटन गरेका छन् ।

दार्चुला घर भइ हाल डोटीको राजपुरमा मठैराज वालिचन कम्प्युटर सेन्टरका संचालक दिनेश साउदको स्मार्ट कार्ड नं ११(०३९५९५ को विद्युतीय नविकरण भएको हो ।

स्मार्ट कार्ड नविकरण कार्य प्रारम्भ हुनुमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको देन भएको नगर प्रमुख मलासीले बताइन् । साथै यातायात क्षेत्रमा सुधारका लागि नगरपालिका प्रतिवद्ध रहेको बताइन् । यसरी सेवा शुरु हुनु डोटीको लागि सुखद भएको यातायात व्यवस्था विभाग काठमाडौँका सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाहले बताए ।

विगतमा कार्यालय मात्रै हुनु र सेवा प्रवाह नहुनु राम्रो नभएको भन्दै अबका दिनमा थप सेवा प्रदान गर्न पहल गर्नुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । वि.स. २०७२ सालमा डोटीमा स्थापना भएको उक्त कार्यालयले हालसम्म सवारी पट्के कर सेवा मात्रै संचालन गर्दै आएको थियो ।

लगत्तै नगर विकास समितिको जग्गामा सवारी साधनको चालक अनुमति पत्रका लागि ट्रायल सेन्टर पनि सन्चालन हुने सो कार्यलका प्रमुख ध्रुव दयालले जानकारी दिए । कार्यक्रममा बोल्दै शैलेश्वरी यातायात व्यवसायी संघ डोटीका अध्यक्ष गणेश मलासीले कार्यालय स्थापनाको लामो समयपछि सेवा शुरु गरेर नविकरणकै लागि कैलाली पुग्नुपर्ने र हजारौं खर्च गर्नुपर्ने बाध्यता टरेकोमा खुशी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार