धुर्मुस र सुन्तली बाजुरा आउँदै

 690 पटक हेरिएको

नेपालका चर्चित हाँस्यब्याङग्य कलाकार तथा सामाजिक अभियान्ताद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) बाजुराको सदरमुकाम मार्तडीमा आउने भएका छन ।

सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बाजुराले पौष १९ गतेका दिन आयोजना गर्न लागेको विमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रममा सहभागी हुन कलाकारद्वय धुर्मुस र सुन्तली बाजुरा आउने भएका हुन् ।
सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बाजुराले पौष १९ गते जिल्ला सदरमुकाम मार्तडीको क्रियटर जोन एकेडेमीको प्राङ्गणमा विमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गर्न सन नेपाल बाजुराका शाखाका प्रमुख बिष्णु धामीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा धुर्मुस सुन्तली संगै यसै कम्पनिका कार्यकारी प्रमुख राजकुमार अर्याल, महाप्रबन्धक कमलराज गौतम र क्षेत्रीय ईन्चार्ज दिपेन्द्र कुमार शाह कार्यक्रममा सहभागी हुने  प्रमुख धामी ले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार