व्यापारी र सुरक्षाकर्मीले गरे सडक मर्मत

  मूलधार पोष्ट  262 पटक हेरिएको

बाजुरा । मार्तडीको दुनीहाटबजारका व्यापारीहरुले बजार बन्द गरेर सडक मर्मत र बजार सरसरफाई गरेका छन् । दुनिहाटबजार एरियासम्मको सडक मर्मतमा कुनैपनी सरोकारबाला निकायले चासो नदेखाएपछि आज विहानैदेखि बजारका सबै पसलहरु बन्द गरेर व्यापारीहरु आफलेै सडक मर्मत गरेको दुनिहाटबजार व्यवस्थापन समितीका सचिव मदन रोकायाले जानकारी दिनुभएको छ ।

हाटबजार भित्र अव्यवस्थित फोहर र हिलाम्मे सडक हुन थालेपछि हाटबजारका १ सय ५० बढी व्यापारीहरु, नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी लगायत स्थानीयहरुको सक्रियतामा हिलाम्मे सडक र फोहरलाई व्यवस्थित गर्न लागिएको सचिव रोकायाले बताउनुभयो ।

सदरमुकाम मार्तडीस्थित दुनि हाटबजार भित्र अव्यवस्थित फोहर र हिलाम्मे सडक हुन थालेपछि हाटबजारका १ सय ५० बढी व्यापारीहरु, नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको सक्रियतामा हिलाम्मे सडक र फोहरलाई व्यवस्थित गर्दै । तस्विर : मूलधार पोष्ट ।

सदरमुकाम मार्तडीको मुुख्य प्रवेशद्धारमा अव्यवस्थित दुनिहाटबजारमा दैनिक फोहर बजार भित्रको हिलाम्मे सडकलाई व्यापारीहरुले व्यक्तिगत रकम खर्च गरेर सडकको स्तरोन्नती गरिएको व्यापारी नवराज पाध्यायले बताउनुभयो ।
बजार भित्रको सडक हिलाम्मे र साँगुरो भएकाले जुनसुकै बेलापनि बजार भित्र सवारी दुर्घटना हुन सक्ने भएकोले सडकलाई मर्मत गरिएको दुनी हाट बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल नेपालीले बताउभुयो ।

दुनी हाट बजारमा गाडी आवतजावत गर्न निकै समस्या हुने गरेको र धुलो धुँवाले ग्राहक, व्यापारी लगाएत सर्वसाधारणलाई हिड्न समेत सकस हुन थालेपछि व्यापारीले रकम उठाएर सडक मर्मत गरेको व्यापारी बुदे कार्कीले बताएका छन् ।
जिल्लामा लामो दु्री र छोटो दुरीमा सञ्चालन हुदै आएका प्रत्यक जीपबाट ५ सय, मोटरसाइकलबाट १ सय, प्रति ट्रकबाट १ हजार, ट्याक्टरबाट ढुङ्गा र माटो सहयोग मागेर सडक बनाएको हाट बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभएको छ ।

बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले जिल्ला कारागार देखि जिउला सम्मको सडक निर्माणका लागि पीस.एस कम्पनीलाई सहयोग मागेको बताउनु भयो । कम्पनीले उक्त ठाउँसम्म पक्की सडक निर्मार्ण गर्ने भनेपनि सडक छेउछाउका सडकका जग्गा धनीलाई मुआब्जा दिनुपर्ने भएकाले भौतिक मन्त्रालय सम्म पहल गरेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार