को हुन यी नाकले लेख्ने व्यक्ति जसलार्इ पराक्रम बालप्रतिभा पुरस्कार दिइयो

  रामबहादुर दानी  390 पटक हेरिएको

काठमाडाैं । जन्मजात अपाङ्ग भएका दोलखाका एक अपाँङ्ग वालक कवि दर्शन के.सीलाई वाल प्रतिभा पुरस्कार २०७५ प्रदान गरिएको छ । दोलखा जिल्ला साविक माली गा.वि.स.वडा नंं ६ को हाल परिवर्तित जिरी नगरपालिका वडा नंं ३ मालिटोल बस्ने बर्ष २० का बाल कवि दर्शन श्रेष्ठलाई प्रदान गरिएको छ । २०५५ साल माघ १३ गते बुवा बुवा निर बहादुर खत्री र स्व.आमा शिला खत्री जन्मनु भएका अपाङ्ग कवि दर्शनले मस्तिक्स पक्षघात सवालम्वन केन्द्र धापाखेल काठमाण्डौमा ५ कक्षा सम्मको अध्यायन गरेका हुन ।

काठमाण्डौ महानगरपालिका – ३१ शान्तिनगरमा अस्थायी बसोवास गर्दै आएका दर्शन राम्रोसंग अरुले बोलेका कुराहरु स्पष्ट सुन्ने तर बोलचाल गर्न नसक्ने भएकाले सामाजिक सञ्जाल (फेसबुक)बाट सबै संग जोडिएर आफ्नो प्रतिभा प्रस्तुत गरिरहनु भएको छ । शरिरका कुनै पनि अंङ्गहरु चल्न नसक्ने र बोल्न नसक्ने भएका कवि दर्शनलाई ह्विल चियरमा यताउता लैजाने गरेको छ । कवि के.सी. आफ्नो विवेकको प्रयोग गरेर ल्यापटपमा आफ्ना सबै कृतिहरु लेख्ने गरेको पाइएको छ । आफ्नो बुवाको संरक्षकमा रहेका बुुवा निर बहादुर खत्री केही वर्ष अस्थायी सरकारी कर्मचारी भएर काम गरि रहेका थिए भने हाल काठमाण्डौमा हाउस प्यान्टिङ्गको कामभ गरि रहेका छन । कवि दर्शनकी आमाको भने पहिला नै मृत्यु भैसकेको छ ।

यसरी शरिरका कुनै पनि अंङ्गहरु चल्न नसक्ने कवि दर्शनले कसरी लेखन कार्य र सामाजिक सञ्जाललाई प्रयोग गरि रहनु भएको छ भन्ने कुरा भने बिचित्र नै मानिन्छ । अर्को अर्नाैठो कुरा त के छ भने उनको नाकले लेख्ने अब्बल शक्ती रहेको छ । कुनै पनि कुराहरु लेख्न र सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तीहरु राख्न कवि नाकको प्रयोग गिर्ने गर्दछन । उनलाई सहारा भनेकै नाक रहेको पाइएको छ । कवि दर्शनले हाल सम्म बिभिन्न कविता,कथा, निवन्ध र खण्डकाब्य समेत लेखिसकेको र प्रकाशानमा आउन बाँकी रहेको उनका बुवा निर बहादुर खत्रीले बताउनु भएको हो ।

शनिबार एक अनौपचारिक कार्यक्रमका साथ बाल कबि दर्शन के.सी.लाई बालप्रतिभा पुरस्कार वर्ष २०७५ नगद दश हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ । सुर्यविनायक नगरपालिका वडा नं. ३ घर भई हाल बिभिन्न सामाजिक सरोकारमा काम गर्दै आउनु भएका यि दम्पतिहरुले वाल कबि दर्शन कै निवाश शान्तिनगरमा गई साहित्यकार महेश पौड्यालले आफ्नो दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको पराक्रम बालप्रतिभा पुरस्कार वर्ष २०७५ प्रदान गरिएको हो ।

२०७४ साल पौष १५ गतेका दिन दिवंङ्गत हुनु भएका आफ्ना स्वर्गिय छोरा पराक्रम पौड्यालको जन्मदिनको अवसर पारेर एक अनौपचारिक कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कवि गोपाल पराजुलीको हातवाट सो रू १० हजार नगद सहित सम्मान पत्र कवि केसीलाई प्रदान गर्नु भएको हो । जन्मै देखि आंशिक मस्तिष्क पक्षघात भएका कारण बोल्न र हिडडुल गर्न नसक्ने कवाल कवि दर्शन के.सी.नाकको सहाराले कम्प्युटरमा टाइप गरेर नेपाली र अङ्ग्रेजी भाषामा कविता लेख्दै आएका छन ।

उनको दारुण शारीरिक अवस्था देखेर विक्षिप्त उनकी आमाले २०६३ मा आत्महत्या गरेपछि केसी बुवाले नै स्याहार गरिरहेका छन । सौतेनी आमाबाट खासै माया पाउन नसकेका के.सी. प्रतिकूल अवस्थामा निर्माण मजदुरी गरेर परिवार धानिरहेका बुवा निर के.सी.को छत्रछायामा बाँचिरहेका छन् । सुरुमा स्कुल गएर क,ख र अ,आ सम्म सिकेका के.सी. हाल घरैमा बसेर बिभिन्न दार्शनिक साहित्यकारहरुका कितावहरु संकलन गरी लेखपढ गरि रहेका छन । कार्यक्रममा उपस्थित साहित्यकार र पत्रकारहरूलाई जानकारी दिँदै उनका बुवा निर के.सी.ले यो नै आजसम्म दर्शन के.सी.ले पाएको सबै भन्दा ठूलो प्रोत्साहन भएको बताएका हुन ।

दर्शनले थुप्रै कविता र आफ्नो संघर्ष कथा कम्प्युटरमा लेखेर राखेको पाइएको छ भने ति कृतिहरु प्रकाशन सहयोगको प्रतीक्षामा रहेको पनि उनले जानकारी गराए । प्रमुख अतिथी गोपाल पराजुलीले यो पुरस्कार उचित पात्रलाई दिइएको भन्दै उनको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको हो । पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले आफूले दर्शनलाई यसपछि पनि सहयोग गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन । पुरस्कार तथा सम्मान कार्यक्रममा बिभिन्न संचार गृहका प्रकार तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार