मन्त्रीहरूले दोहोरो इन्धन सुविधा लिएका छैनौं– प्रवक्ता शाह

  मूलधार पोष्ट  448 पटक हेरिएको

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रदेशका मन्त्रीहरूले नियमविपरित कुनै पनि नाममा दोहोरो इन्धन सुविधा नलिएको स्पष्ट गरेका छन् ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्ले गत असोज १७ गते प्रदेशका मन्त्रीहरूको सेवासुविधा सम्बन्धी विधेयक पारित गरेर प्रति महिना दुई सय ५० लिटर इन्धन उपलब्ध गराउने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता मन्त्री शाहले भन्नु भएको छ ।

उनले दिनानुदिनको कार्यका लागि मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको इन्धन (मासिक दुई सय ५० लिटर) प्रयोग गरिरहेको बताउनु भएको छ । पत्रकारहरूको एक जिज्ञासामा सरकारका प्रवक्ता शाहले धनगढीमै घर भएर घरभाडा वापतको रकम लिएका प्रदेशका सांसदहरुले सो रकम फिर्ता गर्नुपर्ने बताउनु भएको छ ।

एक अर्को प्रश्नमा प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री शाहले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको सत्यतथ्य तथा वास्तविक दोषिहरू पत्ता लगाउन प्रदेश सरकारले आफ्नो तर्फबाट इमान्दारिपूर्वक काम गरिरहेको स्पष्ट गर्नु भएको छ । फाइल तस्विर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार