नव बिवाहितले पढ्नै पर्ने ७ महत्वपूर्ण कुरा

  मूलधार पोष्ट  291 पटक हेरिएको

अव धर्मी महिना भनेर चिनिने माघ मिहला आउन १५ दिन जती बाकी छ । धेरैले माघ महिनामा विहे गर्ने इच्छा गरेका होलान् र गर्नु पनी पर्छ ।त्यसैले  विवाहको समयमा आफ्नो भविष्यको सुरक्षित राख्नको लागि कन्याले वरसँग सात वचन लिन्छ । जसको पुरा गर्ने आश्वासन दिएपछि मात्र अर्धाङगिनी बन्नको लागि राजी हुन्छन् । त्यसका लागि केहि तल हामीले राखेका छाैं ।

१. पहिलो वचनमा कन्याले वरलाई भन्छन्, यदि तपाई तिर्थयात्रामा गए मलाई पनि सँगै लैजानुहोस् । कुनै पनि व्रत उपवास र धार्मिक कार्यमा मलाई पत्नी बनाउनुहोस् ।
२. जुन प्रकारले आफ्नो मातापिताको सम्मान गर्नुहुन्छ त्यसरी नै मेरो माता पितालाई पनि सम्मान गर्नुहोस् ।

३. तेस्रो वचनमा कन्याले वरसँग वचन लिन्छन्, यदि जीवनको तीनै अबस्थामा मेरो पालन गर्नको लागि तयार हुनुहुन्छ भने मात्र म तपाइको पत्नी बन्ने छु ।

४. अहिलेसम्म तपाई घर परिवारको जिम्मेवारीबाट मुक्त हुनुहुन्थ्यो तर अव बिवाहको बन्धनमा बाँधिन लागेका छौ । परिवारको सबै जरुरत के पुरा गर्नको लागि जिम्मेवारी तपाईको काँधमा हुनेछ ।

५. आफ्नो घरको काममा, लेनदेन वा कुनै पनि चिजको लागि खर्च गर्नको लागि मसँग विचार विमर्श गर्नुहुनेछ ।

६. जब म आफ्नो साथीहरुसँग बसिरहेको हुन्छु, त्यस समयमा तपाई त्यँहा आएर अपमान गर्नुहुने छैन् ।

७. पराई स्त्रीहरुको आमा समान मान्नुहुनेछ र पति पत्नीको प्रेमको बीच कसैलाई पनि आउन दिनुहुने छैन् ।

मोर्डन जमानाको ७ वचन : –

१. घरको काम बाडेर गर्ने
आजकल धेरैजसो बिवाहित जोडीहरु काम गर्छन् र एक्लै बस्छन् । यस्तोमा घरको सबै काम दुवैजना मिलेर गर्नुपर्ने हुन्छ । खाना बनाउने देखी घरको सरसफाई र हेरचाहको जिम्मेवारी एकको मात्र नभएर दुवैको हो । बिवाहको पहिलो वचनमा घरको सबै काम दुवैजना मिलेर गर्नुपर्ने छ ।

२. एकअर्काको भावनाको ख्याल राख्ने
बिवाहको सुरुवाती दिनमा नव बिवाहित जोडीको दुनिँया अलग हुन्छ । लविङ, केयरिङ र सेयरिङमा पुरा समय बित्छ । तर फेरि काममा फर्कदा दुवैको लागि गाह्रो हुन्छ । घरको साथै बाहिरको जिम्मेवारीले गर्दा चिडचिडाहाट बन्छन् । बिवाहको पहिले आफ्नो अभिभावकले सबै कुरा सम्हाल्छन तर बिवाहपछि घरको सबै काम गर्न सजिलो हुँदैन् घर गृहस्थी सम्हाल्न गाह्रो हुन्छ । यस्तो परिस्थितीमा एक अर्काको भावनाको बुझनु जरुरी हुन्छ ।

३.एक अर्काको साथीलाई सम्मान गर्ने
हुन त बिवाहपछि सबै कुरा बदलिन्छ । तर साथिहरुसँगको सम्बन्ध टुटेको हुँदैन् । बिवाहपछि साथिहरु भेट्न आउँछन् वा उनीहरुले भेट्न बाहिर बोलाउछन् । यि कुरालाई लिएर प्राय नव बिवाहित जोडीहरुमा झगडा हुने गर्छन् । हरेक मानिसको हक हुन्छ आफ्नो साथिहरुसँग समय विताउने । यस्तामा आफ्नो पार्टनरलाई स्वतन्त्रता दिनुपर्छ र उनको साथिहरुलाई पनि सम्मान गर्नुपर्छ । दुवैले यो कुरा याद राख्नुपर्छ कि साथिको सम्बन्ध एक स्पेशल हुन्छ । बिवाहको समयमा वचन दिनुहोस कि एक अर्काको साथिलाई सम्मान गर्नेछु ।

४. आ–आफ्नो हाइजिनको ख्याल राख्ने
बैवाहिक सम्बन्धमा सुरक्षित ‘सेक्स लाइफ’ हुनु अत्यन्तै जरुरी हुन्छ । त्यसैले दुवैको आ–आफ्नो सेक्सुअल हेल्थको विषेश ख्याल राख्नुपर्छ । किनभने सेक्सुअल इन्फेक्सन हुने धेरै सम्भावना हुन्छ । सुत्नुभन्दा पहिला ब्रश गर्ने र सरसफाईमा विषेश ध्यान दिनुपर्छ ।

५. एक अर्कामाथि आफ्नोे इच्छाहरु लागु नगर्ने
प्रेममा प्रायः एक अर्कालाई खुशी बनाउनको लागि पार्टनरको हरेक इच्छा पुरा गरिदिन्छन । तर यस खुसहीलाई वाध्यता बनाउन नदिनुहोस् । कस्तो खालको कपडा लगाउने, कसरी बोल्ने, कस्तो व्यवहार गर्ने, जस्ता कुराहरु आफ्नो इच्छाले गर्न दिनुहोस् । पार्टनरको इच्छा विना आफ्नो इच्छा प्रति थोपार्न राम्रो कुरा होइन । दुवैजना आत्मनिर्भर र आ–आफ्नो जागिर हुने भएकोले सबै कुरा थाहा हुन्छ । व्यक्तिगत कुरामा धेरै चासो दिनु राम्रो हुँदैन् । किनभने आ–आफ्नो पर्सनल लाइफ हुन्छ । केहि गर्नु अघि एक अर्काको सल्लाह लिनुपर्छ ।

६. स्वास्थ्य जीवनशैली अपनाउनको लागि एकअर्कालाई सहयोग गर्ने
आजको हाम्रो जीवनशैलीमा स्वास्थ्य र फिटनेस धेरै जरुरी भइसकेको छ । यस्तोमा डाइट देखि व्यायामसम्म एक अर्काको ध्यान राख्न जरुरी हुन्छ । समस्या त्यँहा आउँछ जव एकजना एकदमै खन्चुवा र अर्को धेरै फिटनेस कन्सियस हुन्छन् । यस्तोमा दुवैले सन्तुलन राख्नु जरुरी हुन्छ भने दुवैजना एकदमै खन्चुवा र अल्छी छन् भने त्यँहा झन ठुलो समस्या हुन्छ । यस्तोमा दुवैजनाले एकअर्कालाई प्रेरित गर्नुपर्छ । बिहान वा साँझ दैनिक हिड्ने गरेमा दुवैजना स्वास्थ्य र बैवाहिक जीवन पनि स्वस्थ रहन्छ ।

७. सबै खर्चको जिम्मेवारी बराबर उठाउने
सुखद बैवाहिक जीवनमा फाइनेन्सको पनि अहम भुमिका रहन्छ । घर खर्चदेखि इन्भेस्टमेन्ट र वचतमा दुवैको समान जिम्मेवारी रहन्छ । किनकी दुवैको घर हो । वचतको जिम्मेवारी श्रीमानको मात्र नभएर श्रीमतीको पनि उत्तिकै हुन्छ । खर्च दुवैमा बाडेर गर्ने। जस्तै, एकजनाले कुनै एउटामा खर्च गर्यो भने अर्कोले अर्कै काममा खर्च गर्ने गर्नुपर्छ । यस्तोमा एक जनामा मात्र फाइनेन्सियल दबाव पनि हुँदैन् । दुवैको जिन्दगी पनि चिन्ता मुक्त हुन्छ र बैवाहिक जीवन सुखमय बन्छ ।

माथिको परम्पारिक सात वचन जो कन्या वरसँग लिन्छन् । तर आजको समय महिला पुरुष बराबरी र समानताको छ । केटीहरु अव कमजोर छैनन् । केटाहरुसँग काँधमा काँध मिलाएर चल्न थालिसकेका छन् । यस्तोमा घरको जिम्मेवारी दुवैजना मिलेर उठाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार