साप्ताहिक राशिफल – पुस १५ देखि २१ सम्मको सबैको भाग्य र भविष्य

 1216 पटक हेरिएको

सर्बप्रथम मेष – मेष राशिहुनेहरुको लागि साताभरि केही चुनौतीसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। अरूको स्वार्थमा उपयोग भइने समय छ, सजग रहनुहोला। सोमवार र मंगलवार परिस्थिति अनुकूल हुनाले धेरै काम सम्पादन गर्न सकिनेछ। रमाइलो यात्राका बीच विशेष भेटघाट र मानसम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। बुधवारदेखि स्वास्थ्य र आर्थिक पक्ष कमजोर रहने देखिन्छ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। भैपरी आउने समस्या सुल्झाउन अरूका लागि उपयोग हुनुपर्ला।

बृष – व्यवसायका लागि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ। व्यापार र उद्योगमा विशेष फाइदा उठाउने समय छ। मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ। प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। सुरुमा केही काम रोकिए पनि सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने अधिकार र प्रतिष्ठा स्वत: प्राप्त हुनेछ।

मिथुन – बुधवारदेखि स्थितिमा सुधार आउनाले धेरै समस्या समाधान हुनेछन्। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेत गर्दा चिताएको काम बन्नेछ। सप्ताहान्तमा मनग्गे आम्दानी र व्यवसायमा फाइदा हुनेछ।प्रारम्भमा अवसरका लागि केही दौडधुप गर्नु परे पनि चाँडै लाभ उठाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनाले हिम्मत बढ्नेछ। तर सोमवार र मंगलवार ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूका लागि समय खर्चनुपर्ला।

कर्कट – अरूको बहकाउमा परिनाले काम रोकिन सक्छ। भौतिक साधनकाे कमीले पनि केही अप्ठ्याराे पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो निम्त्याउन सक्छन्। अप्ठ्यारा कामको बोझ थपिए पनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। सप्ताहान्तमा आँटले काम बनाउन सकिनेछ र मनग्गे फाइदा हुनेछ। सुरुमा जिम्मेवारी प्राप्त भए पनि आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। बीचमा घरेलु समस्या देखापर्न सक्छन्।

सिंह -पुरुषार्थ देखाएर लाभ उठाउने समय छ। बुधवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। आफन्तको सहमति नजुट्नाले लक्ष्यमा पुग्न बाधा पर्नेछ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ भने अध्ययनमा त्यति समय दिन नसकिएला। प्रारम्भमा आलोचकहरूले बाधा पुर्याए पनि सोमवार र मंगलवार विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। काममा सहयोगीले साथ दिनेछन्। शुभचिन्तकहरू टाढा हुनाले पनि दु:ख पाइनेछ। हठ गर्ने बानीले व्यावहारिक समस्या निम्त्याउन सक्छ।

कन्या – बोली तथा हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिएला। बुधवारदेखि स्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। भौतिक साधनकाे अभाव सुल्झनेछ। सप्ताहान्तमा भने पारिवारिक माहोल अलि प्रतिकूल हुन सक्छ। प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तर भेटघाटमा अलमलिनाले लक्ष्यमा पुग्न बाधा पर्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला।

तुला – नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। बुधवार र बिहीवार आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। सप्ताहान्तमा आय बढ्नुका साथै दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ।

बृश्चिक -धन बाहिरिनाले अभाव अनुभूति हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। बुधवारदेखि आफन्तको सहयोग जुट्नाले अभीष्ट पूरा हुनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा विवादास्पद काममा जुट्नुपर्ला। सुरुमा मनग्गे धन लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यापार–व्यवसायमा पनि लाभ हुनेछ। तर, परिवारजनका लागि केही खर्च पनि हुनेछ। सोमवार र मंगलवार अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिएकाले सजग रहनुहोला।

धनु – पहिलेको मिहिनेतले आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ। तर, लगत्तै अनियन्त्रित खर्च पनि हुनेछ। रुमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। तापनि, कामले विभिन्न अवसर दिलाउनेछ। सोमवारदेखि विशेष धन लाभ हुने समय छ। मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ।बुधवारदेखि अर्थअभावको अनुभूति हुनेछ। यात्रामा खर्च र चिताएको काममा बाधा हुनेछ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ। आफन्त र साथीभाइसँग रमाइलो भेटघाट पनि हुनेछ।

मकर -सोमवारदेखि स्थितिमा सुधार आउनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लाभांशका लागि अलि संघर्ष गर्नुपर्ला। सप्ताहान्तमा अवसरवादीहरूबाट सजग रहनुहोला।

कुम्भ – सोमवार र मंगलवार काममा बाधा हुनेछ भने अरूका लागि उपयोग भइएला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने कामको चाप बढ्नेछ। बुधवारदेखि स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ। समुदायको हक हितको संरक्षण गर्दै नाम, दाम र इनाम हात पार्ने समय छ।प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। आफ्नो प्रसिद्धि पनि बढ्नेछ। आम्दानीको स्रोत सबल बन्नुका साथै दिगो फाइदा हुने काम सुरुआत होला।

र अन्तमा मीन – सोमवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। मिन राशिभएकाहरुले यो हप्ता प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। केही खर्च लागे पनि चिताएको काम बन्नेछ। अप्ठ्यारा कामको बोझ थपिएला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि बुधवारदेखि स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। सप्ताहान्तमा प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार