नेविसंघको इकाइ विस्तार जारी

  मूलधार पोष्ट  300 पटक हेरिएको

बाजुरा–नेपाल विद्यार्थी संघ बाजुराको विद्यालय स्तरीय इकाइ विस्तार अभियान जारी रहेको छ । जिल्ला अधिवेशनलाई केन्द्रीत गरेर सबैजसो स्थानीय तहका माध्यामिक तहमा इकाइ गठन कार्य जारी राखेको छ ।

जस अन्र्तगत हिजो मात्र गौमुल गाउँपालिकाका मानाकोट मावि र कित्र्तिचौर माविमा इकाइ गठन गरेको छ । मानाकोट माविमा रविना बुढा अध्यक्ष रहने गरी २३ सदस्यीय गठन गरिएको छ । भने कित्र्तिचौर माविमा इन्द्रा रोकाया अध्यक्ष रहने गरी ३६ सदस्यीय गठन गरिएको छ ।

शुक्रबार मात्र कित्र्तिचौर मावि कक्षा ११ र १२ मा पनि सरोज रोकाया अध्यक्ष रहने गरी १६ सदस्यीय समिति गठन गरिएको छ । इकाइ गठन अभियानमा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष जनक थापा र सदस्य तपेश रावल सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार