ज्योतिष अनुसार आज शनिवारको प्रत्यकको भाग्य र भविष्य

 618 पटक हेरिएको

आज मिति २०७५ साल पुस महिनाको १४ गते शनिवार । इस्विसम्वत २०१८ डिसेम्बर २९ तारिख ।
मेष -यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अधिकारका लागि केही जोखिम उठाउनुपर्ला। अवसर आए पनि वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सजग रहनुहोला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।

बृष – तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्नो धनमाल सुरक्षामा भने विशेष ध्यान पुर्याउनुहोला। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला।

मिथुन – पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। आफन्तभन्दा सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा भने ध्यान पुर्याउनुहोला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्।

कर्कट – व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।

सिंह भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ। -हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।

कन्या – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। विशेष अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्।

तुला – आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह भने जगाउनेछ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

बृचिक – मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा मनग्गे लाभ हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ।

धनु -अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको प्रतिफल हातपार्न केही समय लाग्नेछ। पुराना कामको चर्चा हुनेछ भने कामको अवसर पनि प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा पर्न सक्छ।

मकर – श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। तर ढिलासुस्ती गर्दा वा आँटले काम लिन नसक्दा अलि पछि परिनेछ। समय चुनौतीपूर्ण देखिए पनि सामान्य काम र जिम्मेवारी हात पार्ने मौका छ। लगनशीलताले अवसर दिलाउन सक्छ।

कुम्भ -आवश्यक गर्दा कर्जामार्फत धन प्राप्त हुनेछ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। काम गर्ने परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ। मिहिनेत गर्दा लगानी उठाउन सकिनेछ।

मीन – प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। घुमफिर तथा मनोरञ्जनको समय छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार