भोली किन गर्यो सरकारले सार्वजनिक बिदा ! यस्तो छ सूचनामा

  मूलधार सम्वादाता  854 पटक हेरिएको

सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको हो ।

साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

 

यो पनी पढ्नुहोस्

सिंहले पत्नीलाई मतदान नगर्ने

नेकपा मसालका अर्धभूमिगत महामन्त्री मोहनविक्रम सिंहले आफ्नै पत्नीलाई मत नदिने भएका छन् । सिंहपत्नी दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार छिन् । राजमो मसालको खुला सङ्गठन हो । उनीसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रा डा गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

सिंह चुनाव प्रचारप्रसारका लागि भने अहिले प्युठानमै छन् । सिंहले आफूले विसं २०१५ को निर्वाचनमा उम्मेदवार हुँदा पनि आफैँलाई मतदान नगरेको बताए । सिंह पहिलो पटक विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालीन क्षेत्र नं ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदमा उम्मेदवार थिए ।

त्यसपछिको संसदीय र स्थानीय निर्वाचनमा पनि मतदान नगरेको उनले बताए । त्यसबेला सि.ह एक हजार २ सय मतले पराजित भएका थिए । उनलाई पराजित गरी काँग्रेसका पुरुषोत्तम अधिकारी पहिलो संसदीय निर्वाचनमा प्यूठानबाट सांसद बनेका थिए । धेरै कम्युनिष्ट नेताका गुरु सिंह देशको आवश्यकता पूर्ति गर्न अझै आफू अर्धभूमिगत रहेको बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार