२ जना बिर गोरखाली सेनाको मृत्यु

  मूलधार पोष्ट  339 पटक हेरिएको

भारतको कश्मिरमा खटिएका दुई नेपाली गोर्खा सैनिनकको युद्धका क्रममा मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा ९ का दुई सुवेदार ४२ वर्षका गमर बहादुर थापा र ३९ वर्षका रमन थापाको मृत्यु भएको भारतीय दैनिक अमर उजालाले आफ्नो अनलाइनमा लेखेको छ ।

पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा घाइते भएका उनीहरुलाई सुरुवाती प्राथमिक उपचारपछि श्रीनगरको ९२ बेस अस्पताल लगिएकोमा अस्पतालमा मृत्यु भएको अमर उजालाको समाचारमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् ।

बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न निर्माणाधिन ५० शैयाको जिल्ला अस्पताल बाजुरा केहि दिनको अवरुद्धपछि सोमबारबाट पुनः निर्माण कार्य सुचारु भएको छ ।

अस्पताल निर्माणका लागि बाउली खोला देखि जिल्ला अस्पतालसम्म आउने सडक बडीमालिका नगरपालिकाका स्थानीयहरुले बन्द गरेपछि अस्पताल निर्माण कार्य अवरोध भएको हो ।

नगरपालिका भित्रका स्थानीयहरुले अस्पताल बनाउने बाहानामा छोटो बाटोबाट मार्तडी–कोल्टी सडक सञ्चालन गर्न खोजेको र सदरमुकामलाई नै पन्छ्याउन खाजेको आरोप लगाउदै स्थानियले सडक बन्द गरेको थिए । स्थानीयबासी, प्रशासन र पत्रकारहरुको रोहवरमा निर्माण कार्य सुचारु गराएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार