सुदूरपश्चिममा ओलीवंशको नयाँ कार्यसमिति

 372 पटक हेरिएको

सुदूरपश्चिम प्रदेश स्तरीय ओलीवंश समाज गठन गरिएको छ । धनगढीमा आयोजित सम्मेलनबाट गणेश ओलीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । सम्मेलनमा नौ वटै जिल्लाका ओली बन्धुहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनबाट अध्यक्षमा कैलाली लम्कीका गणेश ओली अध्यक्ष, कैलाली कै नरबहादुर ओली उपाध्यक्ष, डोटीका सोभान ओली महासचिव, डोटीकै डम्मर ओली सदस्य भएका छन् । यस्तै डडेल्धुराका सुनिल कुमार ओली, बाजुराका कृष्ण ओली, अछामका पदम ओली र कञ्चनपुरका भुपेन्द्र ओली सदस्य भएका छन् ।

सचिव पदमा एक जनालाई मनोनित गर्ने केन्द्रीय अध्यक्ष हरि ओलीले बताएका छन् । केन्द्रीय अध्यक्ष हरि ओलीकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य कमला ओलीले गरेकी हुन् । नव गठीत कार्य समितिलाई सपथ ग्रहण सहीत समितिले गर्ने काम बारे पनि जानकारी गराईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार