दाङको लमहिबाट धनगढी आउदै गरेको बस दुर्घटना

  मूलधार पोष्ट  1024 पटक हेरिएको

दाङ- पूर्व पश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका वडा नं. ८ गणेशपुर मा चन्द्रौटा बाट धनगढी जाँदै गरेको ना ६ ख ५२६० नम्बरको ट्रक र भारतको दिल्ली बाट बुटवल आउदै गरेको ना ६ ख ८४४४ नम्बरको बस एक आपसमा ठोक्किएको थियो।

बस चालक कोहलपुर निवासी ४५ बर्षिय कृष्णबहादुर थापाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ।

दुर्घटनामा परी गम्भिर घाईते भएका थापाको लमही स्थित फलोरेन्स अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी कोहलपुर लगिएको थियो। चालक थापाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।पश्चिम न्युजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार