जनस्वास्थ्य क्षेत्र नै सुधार गर्ने प्रगतिशिल प्यानलको घोषणा

  मूलधार पोष्ट  264 पटक हेरिएको

नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम कार्य समितिको पुस २१ गते हुने निर्वाचनका लागि प्रगतिशिल समूहले जनस्वास्थ्य क्षेत्रको व्यवसायीक सुधार र पेशागत सुरक्षा सहीतको घोषणा पत्र जारी गरेको छ । जनस्वास्थ्य क्षेत्रको अस्तव्यस्तता र फितलो व्यवस्थापनलाई लक्षित गरी सुधारको संकल्प सहीत ११ बुँदे घोषणा पत्र जारी गरेको छ ।

रमेश कुँवरको नेतृत्वमा रहेको प्रगतिशिल प्यानलले जनस्वास्थ्य सेवालाई जनताको जीवनसँग जोड्ने र आधारभुत स्वास्थ्य अधिकार गुणात्मक सुधार गर्ने उद्घोष सहीत घोषणा पत्र जारी गरेको हो । प्रगतिशिल प्यानलबाट अध्यक्षमा रमेश कुँवर, उपाध्यक्ष योगेश भट्ट सचिव भुपेन्द्र महरा, सहसचिव गौरीदत्त जोशी, कोषाध्यक्ष निशा जोशी, सदस्यमा वेदप्रकाश जोशी, मिनराज जोशी, जनक भट्ट हरिष भट्ट, प्रेमसिंह तिरुवा र अनिता खड्का सदस्यमा लड्ने भएका छन् ।

संघको २ वर्षे कार्यकाल इतिहासिक बनाउने संकल्प सहीत जनस्वास्थ्य क्षेत्रका आइएनजिओमा प्राविधिक स्वास्थ्य जनशक्तिको नीतिगत व्यवस्था गर्ने, प्रदेश स्तरीय समितिहरुमा नेफाको अर्थपूर्ण प्रतिनिधित्वको सुनिश्चितता गर्ने, जनस्वास्थ्य सेवा ऐनको मूल मर्म, गुणस्तरीय जनस्वास्थ्य सेवा र जनस्वास्थ्य संग सम्बन्धित मुलभूत बिषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख गरेको छ ।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश स्तरीय ऐन कार्यविधि बनाउन पैरवी गर्ने, प्रादेशिक स्वास्थ्य व्यवसायी परिषद् ,प्रादेशिक स्वास्थ्य अनुसन्धान परिषद्को लागि आवश्यक पहल गर्ने, जनस्वास्थ्य क्षेत्रका नवीनतम अभ्यासहरुको बिस्तारको लागि प्रदेश सरकार संग आवश्यक सहयोगको लागि पहल गर्ने बताएको छ ।

प्रदेशभित्र रहेका जनस्वास्थ्य क्षेत्रका प्रमुख मुद्दाहरुको उत्थान र समाधानको लागि पैरवी गर्ने, जनस्वास्थ्य क्षेत्रको वकालत गर्न केन्द्रको समन्वय र प्रदेश सरकारको सहयोगमा स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्तिको क्षमता अभिबृद्दी गर्ने, समुदाय स्तरमा संचालित जनस्वास्थ्यका कार्यक्रमहरुको प्रभावकारिता अध्ययन गरि प्रदेश सरकार संग नीति,योजना निर्माणमा सहजीकरण र पैरवी गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

जनस्वास्थ्य संघको पेशागत प्रतिबद्दता, पारदर्शिता तथा बैधानिकता मान्यता अनुरुप अघि बढ्ने, स्थानीय तह, प्रदेश र केन्द्रको जनस्वास्थ्य क्षेत्रको संरचनाहरुमा बैज्ञानिक ढंगले जनस्वास्थ्य तर्फका जनशक्तिको व्यवस्थापन र अन्य गतिबिधिहरुकोलागि आवश्यक पहल गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार