एमाले नेताको निधन

  मूलधार सम्वादाता  353 पटक हेरिएको

महोत्तरी-  नेकपा एमाले महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको मंगलबार ४५ वर्षको उमेरमा निधन भएको छ । कलेजोको संक्रमणबाट लामो समयदेखि विरामी परेका मण्डलको उपचारा क्रममा पटनास्थित इन्दिरा गान्धी अस्पतालमा मंगलबार साँझ निधन भएको हो ।

विरामी परेका मण्डललार्इ दुर्इ साताअघि उपचारका इन्दिरा गान्धी अस्पतालमा भर्ना गरिएको थियो । महोत्तरीको एकडारा गाउँपालिकास्थित भटौलिया गाउँ निवासी सानैबाट वाम राजनितिमा होमिएका थिए ।

उनको राजनीतिक यात्रा पञ्चायतबाटै सुरू भएको थियो । बहुदलपछि उनी २०४८ मा एमाले महोत्तरी जिल्ला सदस्य भएका थिए । त्यसपछि उनी २०७२ सलामा एमाले जिल्ला अध्यक्ष भएका थिए ।

पार्टीमा प्रभावशाली र राम्रा संगठकको परिचय बनाएका मण्डलको निधनले एमालेलार्इ गम्भीर क्षति पुगेको एमाले प्रचार विभागले जनाएको छ । महोत्तरीसहित दुर्इ नम्बर प्रदेश र देशका अन्य स्थानमा हुन लागेको निर्वाचनको संघारमा मण्डलको निधनले एमालेवृत्तमा चिन्ता बढेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार