इजरायलले लियो ४५ वर्षीया माइतीको ज्यान

  पत्रपत्रिकाट  187 पटक हेरिएको

सिन्धुपाल्चोक बैदेशिक रोजगारीका लागि इजरायल पुगेकी एक महिलाको नेपाल आएको ६ महिना पछि मृत्यु भएको छ । धेरै वर्ष अघि इजरायल पुगेकी सिन्धुपाल्चोक तातोपानीकी करिब ४५ वर्षीया माइती शेर्पाको क्यान्सर रोग लागेका कारण मृत्यु भएको हो ।

इजरायलमै ५ वर्ष अघि क्यान्सर भएपछि उपचार गराईहरेकी शेर्पा ६ महिना अघि नेपाल आएकी थिइन् । उनको भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वैदेशिक रोजगारीमा इजरायल पुगेकी शेर्पालाई त्यहाँ काम गर्दाकै क्रममा क्यान्सर लागेको थाहा भएको थियो ।

उपचारका ठूलो धनराशी खर्च भएपछि बेखर्ची भएकी उनलाई तीन वर्ष यता एनआरएन इजरायलले उपचारमा सहयोग गरेको थियो । एक छोरा र एक छोरीकी आमा उनीहरुको भविष्यका लागि भन्दै विदेशिएकी थिइन् । तर आफ्नै स्वास्थ्यले साथ नदिएपछि रित्तो हात फर्केकी उनको जिवन समेत बाँचेन । इजरायलमै हुँदा क्यान्सरको उपचारमा सबै पैसा रा काम सकिए पछि आफुहरुले तीन वर्ष यता उपचारमा सहयोग गरेर नेपाल फर्काएको एनआरएन इजरायलका पूर्व अध्यक्ष छिरिङ शेर्पाले बताए ।

एनआरएन इजरायलले क्यान्सर पिडितलाई इजरायलमा केहि वर्षदेखि अपार्टमेन्टमा राखेर सहयोग गर्दै आएको थियो जसमध्य माइती शेर्पालाई पनि थिईन् । हिमालय दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार