दाङ बस दुर्घटनाबारे घाइते हिमाली यसो भन्छिन्

  पत्रपत्रिकाट  1033 पटक हेरिएको

जुम्लाको तातोपानी गाउँपालिकाकी १८ वर्षीया हिमाली हमाल दाङको घोराहीस्थित इच्छुक पोली टेक्निकल इन्स्टिच्यूटमा अध्ययनरत छन्। जुम्लाबाट उच्च शिक्षा हासिल गर्नकै लागि दाङ आएकी हिमाली शुक्रबार शैक्षिक भ्रमणमा गएर फर्किने क्रममा दुर्घटनामा परेर घाइते भएकी छिन्।

राप्ती अञ्चल अस्पतालमा उपचाररत हिमाली भन्छिन्, ‘फर्किने क्रममा बस दुर्घटनामा पर्यो, बस एक्कासी भीरतिर खस्यो, निस्किने अवस्था थिएन, झ्यालबाट हाम्फालेर धेरै जनाले ज्यान बँचायौँ।’

को–को परे दुर्घटनामा

हिमालीसहित जिम्लाकै चन्दननाथ गाउँपालिका–३ का १६ वर्षीय कुशेन्द्र खत्री, दाङ घोराही–१५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछाम मंगलसेनकी १८ वर्षीय विक्रम भण्डारी, रुकुम त्रिवेणी–३ का १६ वर्षीय प्रेमबहादुर खड्का, दाङको घोराहीकै १७ वर्षीया मेनुका रिजाल घाइते भएका छन्।

दाङ घोराही– १४ वर्षीय १८ सञ्जय खनाल, रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछाम मंगलसेन–५ का ६ वर्षीय भद्र बिष्ट, रोल्पाका १७ वर्षीय प्रकाश वली र अर्का एक अन्दाजी १६–१७ वर्षका किशोर गम्भीर घाइते भएका छन्।

त्यसैगरी, जुम्ला चन्दननाथ–२ कै १७ वर्षीय जीवन भण्डारी, चन्दननाथ–४ की पर्शा रोकाया, अछाम मंगलसेनका १९ वर्षीय युवराज ढुंगाना, रुकुम सानोभेरी–३ की १६ वर्षीया रोजिना पुनसहित १५ जना घाइते भएका छन्।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ९ जनालाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। अरु ५ जनाको तुलसीपुरमा उपचार भइरहेको छ। दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। मृतक १६ जनामध्ये ३ जना महिला र १३ जना पुरुष रहेका छन्। देशसञ्चारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार