निर्मला हत्या प्रकरणमा बर्खास्त एसपी विष्टले लेखे भावुक स्ट्याटस

  पत्रपत्रिकाट  295 पटक हेरिएको

कञ्चनपुर-कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जागिर नै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी ढिल्ली विष्टले हिजोआज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना पीडा पोख्न थाल्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सत्य इमानदारिताका पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भएको उल्लेख गर्नुभएको छ । ‘सत्य–इमानदारिता र असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको त अन्त्य भयो, तर निष्ठा र स्वाभिमानको अन्त्य भएन ।

खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ, तर कहिल्यै मर्दैन’ सामाजिक सञ्जाल फेसबुकमा विष्टले लेख्नुभएको छ ।

यो पनि पढ्नुहोस्

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिगमा डेब्यू गर्ने पक्का भएको छ। मेलवर्न स्टार्सको पहिलो रोजाइको टिममा परेसँगै सन्दीपले डेब्यू गर्ने पक्का भएको हो।

सन्दीपको टिम मेलवर्नले अहिले क्यानबेरामा सिड्नी थन्डरविरुद्ध खेलिरहेको छ। मेलवर्नले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

यसअघि मेलवर्नले घोषणा गरेको १३ सदस्यीय टिममा सन्दीप परेका थिए। मेलवर्न स्टार्स – वेन डन्क, त्रविस डिन, निक लार्किन, ग्लेन म्याक्सवेल, मार्कोस स्टोइनिस, ड्वायन ब्राभो, इभन गुल्बिस, एडम जाम्पा, सन्दीप लामिछाने, ज्यासन कोलम्यान, मिचल बियर

सिड्नी थन्डर– सेन वाट्सन, जोस बटलर, कलुम फर्ग्युसन, जोए रुट, जासन सांघा, डानियल साम्स, क्रिस ग्रिन, नाथम म्याएन्ड्रिउ, गुरिन्धर सिन्धु, साम रेनबर्ड, फवाद अहमेेद

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार