सामाजिक अभियन्ता सचिन पाण्डे प्रकाउ

  मूलधार पोष्ट  312 पटक हेरिएको

काठमाडाैं- सामाजिक अभियन्ता सचिन पाण्डे काठमाण्डौबाट पक्राउ परेका छन् ।अर्घाखाँचीको डिभर्नामा केही दिन अघि भएको घटनालाई आधार बनाएर स्टाटस लेखिएको भन्दै पाण्डेलाई काठमाण्डौ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेलाई काठमाण्डौ प्रहरीले नियन्त्रणमा लिइ अर्घाखाँची पठाएको बुझिएको छ । पाण्डेले फेसवुकमा शेयर गरेको स्टाटसमा केही व्यीक्तको चरित्रहत्या गरिएको भन्दै उजुरी परेपछि पक्राउ गरेको हुनसक्ने अनुमान गरिएको छ । यस विषयमा जानकारी राख्दा सामान्य सोधपुछको लागि पाण्डेलाई नियन्त्रणमा लिइएके जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज मल्लले जानकारी दिए ।

“सोधपुछकै लागि नियन्त्रणमा लिइएको हो ।” उनले भने “वडा अध्यक्षलाई लगाएको आरोपको विषयमा हामी छानविन गर्दैछौं ।”डिभर्ना अमिले निवासी मिना सेजवालको यही मंसिर २४ गते भैरहवा मेडिकल कलेजमा ज्यान गएको थियो ।

मल्लले अस्वाभाविक मृत्युको विषयमा समेत छानविन भैरहेको बताए । जिल्ला अस्पतालको पोसटमार्टम समेत अपूर्ण आएको कारण अनुसन्धानमा समस्या देखिएको मल्लको भनार्ई छ । जिल्ला अस्पतालले तयार पारेको पोष्टमार्टम रिपोर्टमा अस्पतालको पर्याप्त कागजात आइनसकेका कारण मृत्युको कारण खुलाउन नसकिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार