आमानै बनीन् यी २ छोराको लागि राक्षस

  मूलधार पोष्ट  413 पटक हेरिएको

कञ्चनपुर-आमा कसैका लागि राक्षस बनेर आउँछन् ।  कञ्चनपुरमा यस्तै भएको छ । कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा ज्यान गएको छ । चाउमिन खाएर ज्यान जानेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् । उनीहरुलाई आफ्नै सहादर ठूली आमाले चाउमिन पकाएर खान दिएकी थिइन् । चाउमिन खाएपछि उनीहरुको त्यही चाउमिनका कारण निधन भएको जनाइएको छ।

बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै ठूली आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जना विरामी परेका थिए । दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल लगियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा शनिबार बिहान बाटोमै दुवै जनाको ज्यान गएको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । ती दुवै बालकका बुबाको यसअघि नै निधन भइसकेको छ ।

ठूलो बुबा र आमाको आश्रयमा दुवै बालक बस्दै आएका थिए । मृत्यु भएका बालककी आमा हुनुहुन्छ । दुवै बालकको ज्यान गएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर ठूलोबुबा र आमाले हत्या गरेको आरोप लगाएका छन् । स्थानीयको आरोपपछि इलाका प्रहरी कार्यालय झलारीले ठूलोबुबा लक्षी सुनार र ठूलीआमा सीता सुनारलाई पक्राउ गरेको छ । दुवै जनालाई हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो । चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अहिले खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार