मिडियामा ब्यस्त रहेका रवि एकाएक ग्रृहनगर धनगढी जाने यस्तो छ कारण

  पत्रपत्रिकाबाट  252 पटक हेरिएको

काठमाडाैं- नेपाल आइडलको उपाधि जितिसकेपछि केहिदिन राजधानीका मिडियाहरुमा ब्यस्त रहेका रवि ओड ग्रृहनगर धनगढी जाने भएका छन । देशकै चर्चित सिंगिङ रियालिटि सो नेपाल आईडल बन्न सफल भएका रविलाई प्रदेश सरकारले भब्य स्वागत तथा सम्मानको कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमको लागि रवि नेपाल आइडलको टीम सहित सोमबार बिहान ८ बजे रवि धनगढि प्रस्थान गर्ने बताईएको छ । धनगढिको स्वागत कार्यक्रम पस्चात रवि सोमबार नै काठमाडौं फर्किने छन् । रवि केहि दिन पछी पुनः होम भिजिटका लागि आफ्नो गृह क्षेत्रमा जाने बताइएको छ ।

नेपाल आईडल बनेपछि रविलाई देश बिदेशबाट समर्थक, शुभचिन्तक तथा सम्पुर्ण शुभेच्छुकहरुले बधाई दिईरहेका छन भने उनको ग्रृह क्षेत्रमा भने विजयी र्याली समेत निकालिएका छन । नेपाल आइडल जस्तो चर्चित र ठुलो शो मा आफ्नो क्षेत्रको प्रतिभावान नवगायकले यति ठुलो सफलता हात परेपछि सिंगो सुदूरपश्चिम अझ बढी खुसि देखिन्छ ।

नेपाल आइडल बनेका रवि संगै अन्य प्रतिस्पर्धीहरु अब केहि समय वर्ल्ड टुरमा ब्यस्त रहने छन् । जुन त्यी सबै भाग्यमानी प्रतिस्पर्धीकोलागि खुसीको कुरा पनि हो । ए पी वान संगै रहेर अब रविले आफ्नो सांगीतिक यात्राको गति बढाउदै छन् । देश बिदेशमा हुने धेरै कार्यक्रममा सहभागिता जनाउने रवि लगायत अन्य प्रतिस्पर्धीलाई सांगीतिक यात्रामा नयाँ अनुभव समेत हुनेछ । सबैको मन जितेर देश बिदेशमा रहेका लाखौ नेपालीको माया पाएर नेपाल आइडलको उपाधि हासिल गरेका रविको संघर्ष अब सुरु हुँदैछ । जुन कुरा उनले आफै पनि भन्ने गरेका छन् । सडक मिडियाबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार