फेरी सिन्धुपाल्चोकमा भूकम्पको धक्का

  मूलधार पोष्ट  292 पटक हेरिएको

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज बिहान पाँच बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो ।

४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो । २०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । तर, आइतबार बिहान पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा भएको थियो ।

हजुरवुवा र नातिनीको मृत्यु
सर्लाहीको हरिवनमा शनिवारसाँझ दुईजनाको मृत्यु भएको छ । एकै घरका हजुरबुवा र नातिनीको मृत्यु भएको हो । मृत्यु हुनेमा हरिवन नगरपालिका १० ताईवानका शिवनारायण यादव र उहाँका १३ वर्षियानातिनी करुणा यादव रहेका छन् । छिमेकी जितेन्द्र हजराले चिसोले कठ्यांग्रिएर उनीहरुको मृत्यु भएको बताउनुभयो ।

यता वडा अध्यक्ष शम्भु मैनालीले भने दुईजनाको मृत्यु भएको खबर आएको तर चिसोकै कारण हो वा अन्य कारण खुल्न नसकेको बताउनुभयो । घटनाको विषयमा आफूहरुलाई भने कुनै जानकारी नआएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार