ज्यतिष शात्र अनुसार पुस ८ देखि १४ गतेसम्मको सबैको भाग्य र भविष्य

  धर्म दर्शन  1356 पटक हेरिएको

मेष -प्रारम्भमा विशेष अवसर प्राप्त भए पनि सहयोगीहरूको भरपर्दा पछि परिनेछ। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। साइनो गाँस्नेहरूले दुःख दिन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ। अर्थलाभ हुनाले सप्ताहान्तमा भौतिक साधन जुटाउन सफल भइनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन पनि सफलता मिल्नेछ।
बृष -प्रारम्भमा बौद्धिक क्रियाकलाप र लेखनमा निखारता आउनेछ। सोखले खर्च बढाए पनि आम्दानीका स्रोत सबल रहनेछन्। दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सानो प्रयत्नले अड्किएको काम सम्पादन हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन् र भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। अध्ययनमा प्रगति हुनेछ र मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ।

मिथुन -सोखले अलमल्याए पनि इच्छाशक्तिले लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। तर साताको मध्यतिर परिस्थिति केही असहज बन्न सक्छ। अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ। गोपनीयता र बोली-व्यवहारमा सजग रहनुहोला। भौतिक साधनकाे कमीले अप्ठ्याराे पर्न सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
कर्कट – आस मारेको काम बन्ने संकेत प्राप्त हुनाले खर्चको जोहो गर्नुपर्ने स्थिति आउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढा बस्ने आफन्तसँग सम्पर्क बढ्नेछ। विभिन्न कामका अवसर प्राप्त भए पनि स्वास्थ्यचिन्ताले भने सताउन सक्छ। आलोचकहरूले आक्षेप लगाए पनि गल्ती सच्याउने अवसर प्राप्त हुनेछ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ने देखिन्छ। तापनि सप्ताहान्तमा उपहारका साथै धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

सिंह -सुरुमा काम बन्नाले आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। खट्किएको आवश्यकता पूरा गर्न सकिनेछ। मंगलवारदेखि खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। बलजफ्ती गर्दा काम बिग्रनेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मात्र फाइदा हुनेछ। आगन्तुकले अलमल्याउनेछन्। पाचन प्राणालीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। लक्ष्यमा पुग्न निकै मिहिनेत गर्नुपर्ला।
कन्या -सुरुमा हिम्मत गर्न नसक्दा काममा विलम्ब हुनेछ। आफ्नैले पनि धोका दिन सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि सोमवारपछि आँटेका काम बन्नाले मनग्गे फाइदा हुनेछ। व्यवसायमा राम्रै आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। बिहीवारदेखि सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। तर मौकामा लगानी गर्दा पछिलाई फाइदा हुनेछ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बुद्धिको उपयोगले काम बन्नेछ।

तुला – अरूका लागि जुट्नुपरे पनि आफ्नै भाग्योन्नति हुनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। केही विवादास्पद काममा जुट्नुपरे पनि लाभ उठाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। व्यवसायमा पनि आम्दानी बढ्नेछ। सप्ताहान्तमा भने स्वास्थ्यबाधा र फजुल खर्चले केही समस्या आइपर्न सक्छ।
बृश्चिक – प्रारम्भमा केही झमेला आउन सक्छन्। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। तापनि चुनौती पार लगाउन सकिनेछ। सोमवारपछि स्थितिमा सुधार आउनेछ भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। तर आफ्नो क्षेत्रमा अधिकार जमाउन सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। सप्ताहान्तमा दिगो काम र साझेदारीबाट राम्रो फाइदा उठाउन सकिनेछ।

धनु – सुरुमा प्रियजनसँग भेटघाट हुनाले रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त भए पनि खर्चको मात्रा भने बढ्नेछ। व्यवसायमा राम्रै फाइदा हुनेछ। मंगलवार र बुधबार भने परिस्थिति केही असहज बन्न सक्छ। स्वास्थ्यमा पनि कमजोरी देखापर्नेछ। अर्थ उपार्जनमा कमी आए पनि पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। सप्ताहान्ततिर धार्मिक मनोवृत्ति बढ्नेछ भने सामाजिक कार्यमा धन खर्च गरिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ।
मकर – प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। तर परिवारजनको अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउन सक्छ। बिहीवारपछि यात्रा खर्चिलो र कष्टपूर्ण हुन सक्छ। झुटा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। तापनि समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ।

कुम्भ -आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँटले चिताएको काम सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतको उपलब्धि प्राप्त हुनेछ। तापनि प्रतिस्पर्धीहरूले केही दु:ख दिन सक्छन्। रोकिएका काम दिहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। दु:खामा साथ दिने भेटिनेछन्।
मीन -प्रारम्भमा केही चुनौती देखापरे पनि आफन्तको साथ प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ। सप्ताहान्तमा प्रियजन भेतिनुका साथै नाम र दाम हातलागी हुनेछ।नेपाली पात्रोबाट लिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार