भालुको आक्रमणमा परी २ घाइते

  मूलधार पोष्ट  349 पटक हेरिएको

बाजुरा- भालुको आक्रमणमा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका २ बर्ष ४० का बमबहादुर धामी र सोही गाउँपालिका ३ की वर्ष १८ की शान्ति बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरिक्षक लोकेन्द्रसिंङ गुरुले जानकारी दिनुभएको छ ।

शुक्रबार दिउसो गाउँ नजिकैको जंगलमा दाउरा घाँस गर्न गएका बेला घाइते दुवै जजालाई दुइ भालुले आक्रमण गरेको बताएको छ । आक्रमणमा घाइते भएका बमबहादुर र शान्तिले घाइतेले आफु बाँच्नको लागि भालुसंग प्रतिकार गर्दा दुबै भालुको मृत्यु भैसकेको प्रहरी नायब निरिक्षक लोकेन्द्रसिंङले बताउनुभएको छ । घाइते दुबैको अहिले स्थानिय स्वास्थय चौकीमा उपचार भैरहेको छ ।

प्रतिकारको क्रममा बन्चरो, हसिया लगाएत ढंगा मुढा प्रहार गरेको पुष्ठी भएको छ । यस अघि गएको मंसिर ४ गते खप्तड छेडेदह गाउँपालिकाको ४ खातीगाउमा पनी भालुको आक्रमणमा दुई महिला गम्भिर घाइते भएका हुन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको ढुकढुकी देउडा गित पछिल्लो समयमा आएर लोप हुदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई बजारीकरणमा टिक्न र विक्न समस्या भएपछि देउडा गीत पछिल््लो समयमा लोप हुदै गएको हो ।  समयको परिबर्तनसँगै बजारको माग अनुसारका रिमिक्स, आधुनिक,लोक गीत संगीतहरुले छुट्टै पहिचान बोकेपछि सुदूर तथा मध्यपश्मिकै देउडा संस्कृति पछिल्लो समयमा संकटमा परेको देउडा खेलाडी खेलाडीहरुले बताउने गरेका छन् ।

देउडा गितलाई हामी सम्पूर्ण देउडा प्रेमी तथा कलाकारहरुले संरक्षणमा ध्यान दिनुपर्ने बेला भएको छ । मेला पर्व ऋतुलाई रमाउन गाइने ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समयमा लोक दोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका गितहरु वजारमा गुञ्जीन थालेपनि डेउडा को अस्तित्व नै संकटमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार