बाईबाईको हात हल्लाई सधैँका लागि बिदा यी विद्यार्थी- सबैप्रति समवेदना

  पत्रपत्रिकाट  1839 पटक हेरिएको

दाङ- बाबा म साँझ आउँछु’ भन्दै बाईबाईको हात हल्लाएका दाङ घोराई  उपमहानगरपालिका–१४ का रामबहादुर जिएमका छोरा १७ वर्षीय एक मात्र छोरा विरेन्द्र जिएमको त्यो बाईबाईको हात हल्लाई सधैँका लागि अन्तिम बन्न पुग्यो ।

आज विहान छोराको शव बुझ्न राप्ती अञ्चल अस्पताको शवगृहमा गहभरी आँशु पार्दै कुरिरहेका बाबु जिएम भन्छन्, ‘हिजो सल्यानको जंगलमा प्राक्टिकल गर्न जाँदैछौं बाबा भन्यो र मोटरसाईकलमा त्यस्तै साढे ६ बजेदेखि ४० मिनेटको बीचमा क्याम्पस नजिकै लगेर छाडेको हुँ, साँझ चाँडै आउँछु बाबा भन्दै थियो । अहिले यस्तो देख्नुप¥यो ।’

तीन छोरी र एक मात्र छोरा भएको रामबहादुरले आमालाई र दिदी बहिनीहरुलाई सम्हाल्न गाह्रो भएको बताए । ‘हिजो दिउँसो सल्यानबाटै काकालाई फोन गरेर अंकल म अहिले सल्यान आएको छु । साँझ चाँडै नै घर आउँछु है भनेर फोन समेत गरेको रहेछ ।’

मृत्यु हुनेहरुमध्ये शिक्षक र चालक बाहेक अधिकांश १६ देखि २२ बर्ष उमेरका कलिला मुनाहरु थिए । सुन्दर भविश्यका कर्णधार मानिएका तिनै कलिला मुनाहरुलाई नियतिले कहिल्लै नपलाउने गरी निमोठेर लगेको छ । ती सबैले प्राविधिक शिक्षा अध्यान गरेर चाँडै रोजगारी हाँसिल गरी सुन्दर भविष्य सजाउने सपना साँचेका थिए । जुन अधुरै रह्यो ।

शुक्रवार बिहान सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट डिप्लोमा फरेष्टीको अब्जरभेसन गर्न हिँडेका ३४ जना विद्यार्थी, दुई जना शिक्षक र दुई जना चालक दल हिँड्ने बेलामा र दुर्घटनाको अघिसम्म निकै हाँसीखुसी गर्दै थिए । भ्रमणका क्रममा गीत गाउने नाच्ने गरेर रमाईलो गरिन्छ ।

शव राखिएको स्थान राप्ती अञ्चल अस्पालमा मृतकका आफन्तको रोदन र चित्कारले बाहिरबाट जाने मानिसहरुलाई समेत आँशु थाम्न गाह्रो परिरहेको थियो ।

‘हे अलछिने दैव।। बरु मै बुढोलाई लगेको भए हुन्थ्यो नि, मेरो मुटु मेरो छोरालाई कलिलैमा किन खोसिस भनेर छोराको शवमा टाउको राखेर डाँको छाड्नेहरु थिए । मृत्यु भएका शिक्षक नरेश वलीकी श्रीमतीे रुँँदारुँदै बोल्न नसक्ने अवस्थामा पुगेकी छन् ।

‘हे।। मेरो।। हजुर।। मलाई निक एक्लै पारेर जानुभयो, यो छोरीले अब बाबा कसलाई भन्ने।।।रु उनको यस्तो विलौनाले सारालाई रुवाईरहेको थियो । शिक्षक वलीका दाजु सर्कबहादुर वली घुँडामा टाउको राखेर बुहारीलाई सम्झाउँदै थिए तर आफू नै थामिन सकेनन् ।

दाजु सर्कबहादुरका अनुसार दाङमै डेरा गरेर उनीहरुले दुई वर्षीया छोरीलाई पढाउँदै आएका थिए । अर्का शिक्षक पदमप्रसाद घिमिरे दाङ जिल्लाभर होनाहर युवाका रुपमा परिचित थिए । घिमिरेका आफन्तजन, साथीसंगीको रुवावासीको भीड प्रहरीलाई थेगी साध्य थिएन ।

कतिपय विद्यार्थीहरुको भर्खर विवाह भएको थियो भने कतिपय कोर्श सक्न साथ विवाह गर्ने तयारीमा थिए । कतिपयको प्रेमसम्वन्ध पनि धोगीझैँ छिनिएको छ ।

मृत्यु हुनेमा जुम्लाका मात्रै ११ जना रहेका छन् । दाङका ६ जना गरी १९ जना पुरुष र ४ जना महिला छन् । रोजगारीको ग्यारेन्टी सम्झेरै जुम्ला, डोल्पा जस्ता दुर्गम गाउँँका युवायुवतीहरु प्राविधिक शिक्षा पढ्न आएका थिए ।

केहि दिनअघि सम्पन्न नेपाल पत्रकार महासंघ दाङको साधरण सभामा सहिद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले प्रभातफेरीमा साथ थिएका थिए । शिक्षालयको युनिफर्ममा सजिएका उनीहरु सेना प्रहरीमा तालिम प्राप्त जस्तै अनुशासित र लामबद्ध देखिन्थे । एकदेखि अर्कोसँग मुस्कान साटासाट गरेका थिए ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार