बधार्इ छ रवी अोडलार्इ सम्मानको लागि सबैले शेयर गर्नुहोला

 330 पटक हेरिएको

बुद्ध लामालाई पहिलाे नेपाल अाइडलका रुपमा पाएकाे नेपाल अाइडलकाे दाेस्राे संस्करणकाे विजेता रवि अाेड भएका छन । फिनालेमा पुगेका बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीलाई पछि पार्दै रवि नेपाल अाइडल बनेका हुन ।नेपालकै चर्चित रियालिटि साे नेपाल अाइडलकाे फिनालेबाट रविलाई नेपाल अाइडल भएकाे घाेषणा गरिएकाे थियाे ।

धनगढि अडिसनबाट नेपाल अाइडलमा प्रवेश गरेका रविले बिभिन्न समयमा उत्कृष्ट्र प्रदर्शन गर्दै सबैकाे मन जितेका थिए । पुर्ख्यौली अछाम भएका रवि हाल कंचनपुर निवसि हुन । देशका बिभिन्न ठाँउमा भएकाे अडिसन देखि लामाे यात्रा पार गर्दै जजहरूकाे निर्णय र जनताले गरेकाे भाेटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका थिए । नेपाल आइडलकाे फिनालेबाट दाेस्राे नेपाल आइडल काे बन्छ भन्ने जिज्ञासा धेरैमा रहेकाे थियाे । जनताले पठाएकाे भोटिंगलाई आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाउने प्रतिस्पर्धीलाई नेपाल आइडल घाेषणा गरिएकाे थियाे ।

अन्तमा आएर आखिर नेपाल आइडल सिजन २ को विजेता रवि ओडनै बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । त्यस्तै सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाएका छन् भने थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् । वहाँहरु चारै जनालार्इ मूलधार पोष्टको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछाै‌।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार