नेपाल अाइडल सिजन २ को बिजेता बने सुदूरका रवि अोड

  मूलधार पोष्ट  406 पटक हेरिएको

काठमाडाै‌- नेपाल आइडल सिजन २ को बिजेता सुदुरपश्चिम प्रदेशका रवी अोड भएका छन् । नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् ।

सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् । अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।

यो पनि पढ्नुहोस् ।

नेपाली सिंगिङ क्षेत्रको चर्चित रियालिटी शो नेपाल आइडल सिजन–२ को फिनाले नजिकिदै गर्दा समर्थकहरूको प्रचार प्रसार तथा प्रतिस्पर्धीको चर्चा समेत बढ्न थालेको छ । देशका बिभिन्न ठाँउमा भएको अडिसन देखि लामो यात्रा पार गर्दै जजहरूको निर्णय र जनताले गरेको भोटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका छन । नेपाल आइडलको फिनाले बाट दोस्रो नेपाल आइडल को बन्छ भनेर टुङ्गो समेत लाग्नेछ । यतिबेला आफ्नो फेब्रेट सिंगरलाई नेपाल आइडल बनाउनको लागि देश बिदेशमा रहेका नेपालीहरूले भोटिङ तथा प्रचारप्रसारमा निकै सक्रियता देखाएका छन् ।

नेपाल आइडलको फर्म्याटमा रहेर लामो यात्रा पार गर्दै झापाका सुमित पाठक, अश्मिता अधिकारी पोखराका बिक्रम बराल र धनगढीका रवि ओड अन्तिम ४ मा पुग्दै फिनालेमा पुग्न सफल भएका छन । बिशेष गरेर उनिहरूको ग्रृह नगर तथा ग्रृह क्षेत्रमा नेपाल आइडल बनाउनको लागि चहलपहल अझै बढि देखिएको छ ।

अन्तिम ४ मा पुगेका सबै प्रतिस्पर्धीलाई देश विदेशबाट थुप्रै नेपालीले माया र समर्थन गरिरहेका छन। द भ्वाइस अफ नेपालको फिनाले सकिए संगै अब सबैको चाँसो नेपाल आइडलमा रहेको छ । यसै क्रममा क्रिकेटको माहोलले तातिरहेको टि यू क्रिकेट मैदानमा नेपाल आइडलका प्रतिस्पर्धी पुग्दा त्यहाको माहोल निकै तातेको थियो ।

नेपाल आइडलको टप ४ मा पुग्न सफल रवि ओडको क्रेज टि यू क्रिकेट मैदानमा अन्य प्रतिस्पर्धीको तुलनामा निकै बढी देखिएको थियो । क्रिकेट हेर्न मैदानमा पुगेका क्रिकेट समर्थकको माया देखेर रविको खुसीको सिमा नै रहेन ।क्रिकेट हेर्न खचाखच दर्शकले भरिएको उक्त मैदानमा एकलौटी रविलाई दर्शकले हुटिंग गरेको देखेर अन्य प्रतिस्पर्धी अचम्मित भएका थिए । क्रिकेट हेर्न मैदानमा पुगेका केहि दर्शकहरुलाई सडक मिडिया युट्युब च्यानलले नेपाल आइडलको बारेमा केहि सोधेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार