ब्रेकिङ- ३१ जना सवार बस दुर्घटना ९ को मृत्यु

  मूलधार पोष्ट  242 पटक हेरिएको

दाङ- बस दुर्घटा हुँदा नौ जनाको मृत्यु भएको छ। ३१ जना सवार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ।

अहिलेसम्म नौजनाको मृत्यु भइसकेको उनले पुष्टि गरे। उनका अनुसार चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको छ। अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बस सल्यानको बस दुर्घटनामा परेको हो। कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाही नेतृत्वको १९ जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजनकुमार गौतमको कमाण्डमा १७ जनाको प्रहरी टोली खटिएको छ ।

दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले चार जना घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार